मनोरञ्जन

तिमीसामु घुँडा टेकेर उभिन्छु

तिमीसामु घुँडा टेकेर उभिन्छु

मेरी प्रिय, 

म फेरि एकपटक तिमीलाई पत्र लेख्न बसेको छु । किनभने म एक्लो छु । मलाई तिमीसित लगातार मनमनैमा कुराकानी गरिरहन अत्यन्तै दुखपूर्ण महसूस हुन्छ । किनभने मेरो यस्तो कुराकानी न त तिमी जान्न सुन्न नै सक्छ्यौ, न त्यसको कुनै जवाफ फर्काउन नै  । म तिमीलाई जीवन्त आफ्नै अगाडि उभिएको देख्छु । टाउकोदेखि खुट्टासम्म तिमीलाई चुम्छु । तिम्रासामु घुँडा टेकेर उभिन्छु र भन्छु– ‘देवी म तिमीलाई प्रेम गर्छु । कति गर्छु भने जति प्रेम कहिल्यै भेनिसको राजकुमारले पनि गरेको थिएन होला ।’ 

मिथ्याले भरिएको यो दुनियाँले सवै मानिसहरुलाई मिथ्या र बेकार नै भन्ठान्छ । के कहिल्यै मेरा आलोचक र कुरा काट्नेहरुले कहिल्यै पनि दोस्रो दर्जाको नाट्यशालामा मेरा यस अब्बल दर्जाको प्रेमी भएको भूमिकाको भत्र्सना गरेका छन् । आखिर यो सत्य नै त हो ।

यी दुष्टहरुसंग बुद्धि हुँदो हो त एकातिर उत्पादन र विनिमय सम्बन्धको कलाकृति र अर्कोतिर मलाई तिम्रा खुट्टामा साष्टाङ्ग परेको देखाउने थिए । अनि तल लेख्ने थिए– ‘पहिले यो चित्र हेर्नुस र मात्र त्यसलाई । तर यी दुष्टहरु मूर्ख छन् । र सधैं मूर्ख नै रहने छन् ।’

मलाई तिमीबाट टाढा हुने सपनाले मात्र लैजान सक्छ, तर त्यस्तो अन्तरालले पनि तिमीप्रतिको मेरो प्रेमलाई ठीक त्यसरी नै पालनपोषण गर्नेछ, जसरी पानी र घाम विरुवा हुर्काउन सहायक हुन्छन् । जसै तिमी मबाट टाढा हुन्छ्यौ, तिमीप्रति रहेको मेरो प्रेम, आत्माको सम्पूर्ण शक्ति र हृदयको सबै कुरामा समेटेर एउटै बृत्ताकार स्वरुप लिन पुग्छन् । तीब्र भावावेशमा म आफूलाई नितान्त कुनै नयाँ मानिसको रुपमा अनुभव गर्न थाल्दछु । 

प्रिय, तिमी हाँसौली किन म एकाएक यसरी शब्दजालमा अल्झिन थालें भनेर । म यदि तिम्रो मृदु स्वच्छ हृदयसित हृदय मिलाएर आलिंगनवद्ध हुन सक्ने भए म विल्कुल मौन बस्ने थिएँ । एक शब्द पनि भन्ने थिइँन । अहिले म तिम्रा ओठहरु चुम्न सक्दिन । त्यसकारण मैले तिमीलाई बोलीले चुम्नुपर्छ । र शब्द लेख्नै पर्छ । 

हो, एकदम सत्य कुरा के हो भने दुनियामा थुप्रै थुप्रै आइमाइहरु छन् । ती मध्ये केही त निश्चित रुपले राम्रा छन् । तर, म त्यो अनुहारलाई फेरि कहाँ पाउँन सक्छु , जसको प्रत्येक रेखा रेखाले मेरो जीवनको महानतम एवं मधुरतम स्मृतिहरुलाई व्यूँताइदिने क्षमता बोकेको छ ।

तिम्रो मधुर मुखाकृतिमा म आफ्नो अनगिन्ती दुखहरु र आफ्ना अपूरणीय क्षतिहरुलाई पढ्ने गर्छु । अनि जतिखेर म तिम्रो सुन्दर मुहारलाई चुम्बन गर्छु , त्यतिखेर म आफ्ना सारा दुखहरुलाई पनि चुम्बन गर्दै टाढा पठाइदिन्छ, जसको आलिंगनमा डुबेर गरिएको चुम्बनले पुनर्जीवित पारिदिन्छ । 

यस्तै छ तिम्रो आलिंगन, त्यस्तै  छ तिम्रो चुम्बन । र, यसप्रति समर्पित गर्छु म म ब्रम्हाण्ड र पाइथागोरसका पुर्नजन्मका उपदेश र क्रिस्तानहरुको पाठ ।
 

मेरो प्रेम पाइथागोरस