समाचार

नोबेल अर्थशास्त्रीको नेपाल' कनेक्सन'

नोबेल अर्थशास्त्रीको नेपाल' कनेक्सन'

काठमाडौं – सन् २०१९ का लागि अर्थशास्त्रका नोबल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन्।

सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबल पुरस्कार दिने घोषणा भएको हो। विजेतामा अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन्। उनीहरुलाई गरिबी निवारण र एसिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पु-याएबापत पुरस्कार दिइएको हो। डफ्लो अर्थशास्त्रमा नोबल पुरस्कार पाउने दोस्री महिला हुन्।

उनीहरुद्धारा प्रवद्र्धित -यान्डमाइज्ड कन्ट्रोल ट्रायल अर्थात् आरसिटी नामक अनुसन्धान विधि सबैभन्दा वैज्ञानिक मानिएको छ। ‘यो विधिको प्रयोग चिकित्सक, शिक्षा र विकास परियोजनाको सफलता मापनमा निकै उपयोगी छ’, राष्ट्रिष्य योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले भन्छन्, ‘यो विधि विगत २ दशकमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरुमा प्रयोग गरिएको छ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।