समाचार

१० लाख नगद बरामद, एक जना पक्राउ

१० लाख नगद बरामद, एक जना पक्राउ

काठमाडौँ — १० लाख नगदसहित हुण्डीको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित कन्चनबारी चोकमा अवैध हुण्डी कारोबार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा रायलाई प्रहरीले पक्राउ गर्न सफल भएकाे हाे।पक्राउ परेका रायको साथबाट प्रहरीले १० लाख नगदसहित विभिन्न बैंकको चेकबुक समेत बरामद गरेको जनाएको छ ।

यसैबीच, विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं‍ ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला परीक्षणको क्रममा उक्त रकम फेला परेको हो ।पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ ।