समाचार Breaking News राजनीति

राजपा संसादले विमानस्थलमा मचाए यस्तो वितण्डा!

राजपा संसादले विमानस्थलमा मचाए यस्तो वितण्डा!

काठमाडाै - राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । राजपा नेपालका संघीय सांसद साहले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सर्लाहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह विमान ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका हुन् ।

११ स् ४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको तथा व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा धक्का–धक्की दिएका थिए । एयर ट्राफिकका कारण विमान ढिलो हुँदा यात्रुलाई समस्या भएको बुद्ध एयर प्रमुख विजय सिंहले बताए। नियमित ५ उडान रहेको जनकपुरमा आइतबार सबै विमान रद्ध भएपछि सोमबार उडान थप भएर एयर ट्राफिकका कारण ढिलो हुँदा सांसदले तोडफोड गरेको बताए।

सांसद साहले काउण्टरमा धक्काधक्की गरेको स्वीकार गरेका छन् । ‘जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने छ, तर जहाज आउने, नआउने कुनै सूचना छैन १ व्यवस्थापन पक्षलाई भन्दा कुनै वास्ता गर्दैन, बाध्य भएर काउण्टरमा बुझ्न जाँदा अटेरी गर्दा रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भयो ।’

जनकपुरधाम उप–महानगरपालिका ४ का ६५ वर्षीय सौखीलाल चौधरीलाई काठमाडौं पठाउन विमानस्थल व्यवस्थापन पक्षलाई पटक–पटक फोन गर्दा समेत अटेरी गरेको उनको आरोप छ ।

‘कडनीका विरामी पीडाले छटपटाइरहेको अवस्थालाई देखेर म आक्रोशमा आए र धक्कामुक्की भयो’ उनले भने । किड्नीका विरामी चौधरीले आफू बिहान ११ बजे नै आए पनि दिउँसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीले कुनै वास्ता नगरेको र आफूलाई गाह्रो भइरहेको अवस्थामा सांसद साहले आफ्नो अवस्था हेरेर आवेगमा आएको बताए ।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही बेर तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोही फ्लाइटमा काठमाडौं जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारी र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए ।

त्यस क्रममा सांसद साह र प्रमुख सिंह बीच हात हालाहाल समेत भएको थियो । पछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमान चढेर काठमाडौं गएका थिए ।