विदेश समाचार

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा  खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको हो ।

विस्फोटका कारण उक्त दुईतले घर भत्किएको छ । ठूलो विस्फोटपछि उक्त घरमा आगो लागेको स्थानीयले बताएका छन् ।

राज्य सरकारले मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्ने जनाएको छ ।