अर्थ

जिउँदो खसी बोकाको मुल्य किलोको ५ सय ५० !

जिउँदो खसी बोकाको मुल्य किलोको ५ सय ५० !

काठमाडौँ असोज १४ , सरकारले खाध्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्यांग्राको मुल्य निर्धारण गरेको छ। 

कम्पनीले बिक्री गर्ने जिउँदो खसी बोकाको मुल्य प्रतिकिलो ५५० र च्यांग्राको मुल्य प्रतिकिलो ७५० निर्धारण गरेको छ।  उपभोक्तालाई खसी बोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपियाँ सहुलियत दिई उक्त मुल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिएका छन। 

कम्पनीलेहिजोदेखि साबिकको नेपाल खाध्य संस्थानको थापाथलीस्थित बागमती अञ्चल कार्यालयबाट खसी, बोका र  च्यांग्रा बिक्री सुरु गरेको छ।  

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।