समाचार राजनीति

प्रधानमन्त्रीको कार्यक्रममा पूर्वमाओवादी अनुपस्थित (फोटोफिचर)

प्रधानमन्त्रीको कार्यक्रममा पूर्वमाओवादी अनुपस्थित (फोटोफिचर)

सभामुख कृष्णहादुर महराको नैतिक चरित्रमा प्रश्न उठेपछि देशको राजनीतिमा त्यसको बाछिटा परेको छ । यसको संकेत एउटा गैरराजनीतिक कार्यक्रममा देखियो । एमाले नेतृ शान्ता चौधरी र भगवती न्यौपानेको गीति एल्बम विमोचनमा पूर्वमाओवादी नेताहरु उपस्थित भएनन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्ने सो कार्यक्रममा पूर्वमाओवादीको अनुपस्थितिलाई उनीहरुको असन्तुष्टिको रुपमा विश्लेषण गरिएको छ । महरा प्रकरणलाई पूर्वएमालेका नेता तथा कार्यकर्ताहरुले चर्काउने काम गरेको पूर्वमाओवादीको विश्लेषण छ । 

प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएका बेला पार्टीको कार्यकारी अध्यक्ष पदको अभ्यास गरेका अर्का अध्यक्ष पुष्पकमल दाहालको त्यो गतिविधि ओलीले नरुचाएको दाहालका फूर्तिफार्ती बन्द हुनुले पनि स्पष्ट हुन्छ ।  
 

शान्ता चौधरी