समाचार Breaking News अपराध सुरक्षा

अाइजिपी खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

अाइजिपी खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

काठमाडौं– प्रहरी महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनालले सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन छन्। उनले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै प्रहरी निकायलाई निर्देशन दिएका हुन्। मंगलबार महाराजगंजमा अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त भवनको उद्घाटन गर्दै उनले भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवा पनि सुन्दर, प्रभावकारी र निष्पक्ष हुनुपर्ने बताए।

प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे। प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण गराए।

सो भवनमा अत्याधुनिक लिफ्टको पनि व्यवस्था गरिएको छ। डिएफआईडी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको लागत ११ करोड रहेको छ। प्रहरी महानिरीक्षक खनालले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवा पनि आधुनिक हुने विश्वास व्यक्त गरे।