समाचार

मालपोत प्रमुख अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा फेला

मालपोत प्रमुख अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा फेला

कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख अर्काकी श्रीमतीको घरबाट पक्राउ परेका छन् । स्थानीयको सूचनाका आधारमा प्रहरीले मालपोत कार्यालय बेलौरीका प्रमुख भोज बहादुर ऐडीलाई बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो ।

मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् । महिलाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज रहेका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

मालपोत प्रमुख ऐडी र महिलाका परिवारलाई बोलाएर छलफल गरेपछि आवश्यक कारबाही प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।