चिनियाँ राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ । २३ वर्षपछि हुन लागेको चीनको राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा उठाउनुपर्ने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग राय र सल्लाह लिएका छन् ।  

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाले उठाउने एजेन्डाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई आज विहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा ९ बजेपछि हुने छलफल सीको भ्रमण तयारी र एजेण्डाबारे केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए ।

संम्बधित खबर