खेल

नेपालले आयोजक ओमानको सामना गर्दै 

नेपालले आयोजक ओमानको सामना गर्दै 

एजेन्सी । ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ । ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजेबाट शुरु हुनेछ ।

जारी प्रतियोगितामा सबैभन्दा बलियो टिम ओमान रहेको छ । साथै उसलाई घरेलु दर्शकको समर्थन छ । तथापि ओमानविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्य नेपालको छ ।

जारी सिरीजमा ओमानले अहिलेसम्म खेलेका तीन खेलमा जित निकालेको छ । ओमानले घरेलु मैदानमा नेदरल्याण्ड, हङकङका साथै टेष्ट मान्यता टिम आयरल्याण्डविरुद्ध जित हासिल गरेको हो ।