मुख्य समाचार

पर्वतमा बस दुर्घटनाः तीनको मृत्यु, ३८ जना घाइते

पर्वतमा बस दुर्घटनाः तीनको मृत्यु, ३८ जना घाइते

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, भने ३८ जना घाइते छन् ।

 

बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।


जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसेको  बताए ।   

पर्वत बस दुर्घटना