समाचार Breaking News कर्पोरेट

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । 

खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये अधिकारीले सबैभन्दा बढी नम्बर पाएका थिए ।  

 

सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

 

दशौं तहका कर्मचारी अधिकारी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार समेत हुन् ।

 

नेपाल टेलिकम