समाचार प्रदेश ३

प्रदेश ३ मा जनप्रतिनिधिको तलब ८७ प्रतिशत बढ्यो 

प्रदेश ३ मा जनप्रतिनिधिको तलब ८७ प्रतिशत बढ्यो 

मकवानपुर । प्रदेश ३ सरकारले प्रदेश मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ । बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै तलब ८७ दशमलव ५ प्रतिशतसम्म बढेको हो ।

 

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका बेला प्रदेश सरकारको यो निर्णय आएको हो । बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरूको सेवा सुविधा एकैपटक झन्डै दोब्बर वृद्धि गरेको हो । निर्णयअनुसार ८ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब मासिक १५ हजार पाउनेछन् । यो वृद्धि ८७ दशमलव ५० प्रतिशत हो ।

 

सरकारको यो निर्णयसँगै उपमहानगरका सदस्यहरूले अब मासिक १३ हजार रुपैयाँ तलब पाउनेछन् । यसअघि उनीहरूले ७ हजार ५ सय रुपैयाँ तलब पाउँदै आएका थिए । उपमहानगरपालिका सदस्यको तलब भने ७३ दशमलव ३३ प्रतिशतले बढेको छ ।

 

नगरपालिका सदस्यहरूले भने अब मासिक ११ हजार रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूले ७ हजार रुपैयाँ बुझ्दै आएका छन् । यो वृद्धि ५७ दशमलव १४ प्रतिशत हो । सबैभन्दा कम तलब भने गाउँ कार्यपालिका सदस्यको बढेको छ । उनीहरूको भने जम्मा १६ दशमलव ६७ प्रतिशत तलब वृद्धि भएको छ । गाउँपालिका सदस्यहरूले ७ हजार रुपैयाँ पाउनेछन् । यसअघि ६ हजार रुपैयाँ तलब थियो ।

 

बिहीबार बसेको बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई राहतस्वरूप प्रदेश सरकारको तर्फबाट १÷१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलका अनुसार बैठकले कृषि क्षेत्रको विकासका लागि सातवटा कार्यविधि पनि पारित गरेको छ । प्रदेशको भौगोलिक बनावटअनुरूप भैंसीपालन, सामूहिक खेती, गाईपालन, चौंरी पालन र बोका बाख्रापालनका कार्यविधि बनाइएको मन्त्री ढुंगेलले बताए ।

 

बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारमा तत्कालीन एमालेका चितवन जिल्ला पूर्वअध्यक्ष जगन्नाथ थपलियालाई नियुक्त गर्ने निर्णय गरेको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

प्रदेश ३ जनप्रतिनिधि तलब
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।