कला साहित्य

जनर्ल एट इन्ट्रनल अफियरको दोस्रो संस्करणको विमोचन

जनर्ल एट इन्ट्रनल अफियरको दोस्रो संस्करणको विमोचन

काठमाडौं । त्रिभवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागद्वारा प्रकाशित जनर्ल एट इन्ट्रनल अफियरको दोस्रो संस्करण विमोचन गरिएको छ । पुस्तकको सोमबार एक कार्यक्रमकाबीच प्रा. डा. लोकराज बरालले विमोचन गरेका हुन् । 

 

सो अवसरमा बोल्दै डा. बरालले नेपालको विदेश नीति अझैं पनि स्थिर नभएको टिप्पणी गरे । यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुनीति विभागका प्रमुख डा. खड्क केसीले एक वर्षको अथक प्रयास र मिहिनेतका कारण जर्नल प्रकाशन गर्न सफल भएको जानकारी दिए । 

 

यो जनर्लमा चीनको सिचुवान विश्वविद्यालय, जापानको क्योटो विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालयका अनुभवी प्राद्यापकका निबन्ध समावेश छन् ।  जर्नलमा वर्तमान सन्दर्भमा सार्वभौमिकताको सान्दर्भिकता, साना राज्यको नीति, नेपालको समृद्धि यात्रा, चीनको पछिल्लो विदेश नीति लगायत निबन्ध समावेश छन् । यी निबन्धको पूर्ण समीक्षा गरिसकिएको बताइएको छ ।

जनर्ल