कभर स्टोरी भिडियो

भारतसँग ‘मानार्थ सेनापति’ चलनको अर्थ छैन, हटाइ दिए हुन्छ (भिडियाेसहित)

भारतसँग ‘मानार्थ सेनापति’ चलनको अर्थ छैन, हटाइ दिए हुन्छ (भिडियाेसहित)

काठमाडौं । नेपालआजमा नियमित भिडियो स्तम्भ ‘स्ट्रेट फरवार्ड’मा डा. प्रेमसिंह बस्न्यातले नेपाल र भारतका सेनापति एक अर्को देशको मानार्थ सेनापति हुने थिति किन बसालियो  ? यो प्रश्नको ऐतिहासिक पृष्ठभूमि खोतलेका छन् । हालै भारतका स्थल सेनाध्यक्ष विपिन रावतले भौगोलिक परिस्थितिका कारण नेपाल भारततिरै ढल्किनु पर्ने अभिव्यक्ति दिए । त्यो अभिव्यक्तिप्रति डा. बस्न्यातले भने, ‘सेनापतिले आफ्नो औकात र परिधि नाघेर राजनीतिबारे बोल्ने होइन । त्यो पनि नेपालमा आएर । उनले आफ्नो औकात ख्याल गर्नु पर्छ । जथाभावि बोल्नेलाई नेपाल सरकारले पनि ठाउँमा राख्नु पर्छ ।’ यसपटकको कुराकानीमा डा. बस्न्यातको धारणा निम्नानुसार रहेको छः 

 

‘नेपाल र भारतका सेनापति एकअर्को देशको मानार्थ सेनापति हुने थिति राणा शासनबाटै सुरु भएको हो । हालै भारतका सेनापति नेपाल आएर जे बोले त्यो कुटनीतिक मर्यादाविपरीत हो । मानार्थ सेनापति भनेको एक सम्मान मात्रै हो । अरु केही होइन । यो मानार्थको थिति कसरी बसालियो त ? यसको पृष्ठभूमि बुझ्नु पर्ने हुन्छ । 

 

राणाकालदेखि नै मानार्थ 

जब वीर शमशेरले श्री ३ महाराज रणोद्दिप सिंहको हत्या गरे त्यसपछि घटना केही मोडियो । वीर शमशेर, चन्द्र शमशेर, भीम शमशेर, डम्बर शमशेर मिलेर रणोद्दिपको हत्या गरेका हुन् । रणोद्दिपको हत्यापछि वीर शमशेर रातारात श्री ३ महाराज हुने निश्चित भयो । उता ब्रिटिश राजले वीर शमशेरलाई श्री ३ महाराज मान्न नसकिने जनाउ दियो । ब्रिटिसहरुले जंगबहादुरकै सन्तानमात्रै श्री ३ हुन सक्ने विचार व्यक्त गर्यो । 

 

त्यसपछि २–४ वटा कुराकानी भए । केही माग बेलायतीहरुले वीर शमशेरसँग राखेको पनि थियो । जंगेकै सन्तान मात्रै श्री ३ हुने भएपछि समस्या भयो । त्यसबेलासम्म वीर शमशेरहरुले पहिले थर पछाडि ‘शमशेर राणा’ लेख्ने गर्थे । बेलायतीहरुलाई झुक्याउनका लागि, हामी पनि जंगेकै सन्तान हौं भन्नका लागि नाम पछि ‘शमशेर जंगबहादुर राणा’ अर्थात जबरा लेख्न थाले ।
अनि जबरा लेखेपछि बेलायतले पनि श्री ३ भएर आउनेलाई अब्जेक्सन जनाएन । तर नेपाली युवा माग्यो ।  बेलायतीहरुले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गर्ने प्रस्ताव ल्याए । त्यसलाई नेपाली शासकले आफू श्री ३ बन्न पाउने भएपछि वीर शमशेरले सदर गरिदिए । त्यो काम जंगबहादुरले रोक्दै आएका थिए । 

 

 

त्यसपछि ब्रिटिसले नेपालका श्री ३ महाराजालाई आफ्नो सेनाको मानार्थ कर्णेल मात्रै दियो । जबकी नेपालका श्री ३ महाराज भनेको सेनापति नै हुन्थ्यो । यो परम्परा चल्दै गयो । जंगबहादुरको पालामा मेजर जनरलको मानार्थ बेलायतले दियो । यो चलन चल्दै थियो । १९४७ मा ब्रिटिसले भारत छाडेपछि भारतमा दलीय व्यवस्था आयो । ब्रिटिसले मानार्थ सेनापतिको परम्परा भारतसँग कायम राख्नू भनेर गए । त्यसपछि त्यो चलन अहिले पनि छ । 

 

मानार्थको परम्पारले नेपालको केही बिग्रेको छैन । तर यो चलन ब्रिटिस औपनिवेशिक व्यवस्थाको कुरा हो । सुगौली सन्धि नक्कल गरेर भारतले १९५० को सन्धि लाद्यो । ब्रिटिसले नेपालमाथि जस्तो बक्रदृष्टि राख्ने गथ्र्यो, अहिले भारतले पनि नेपालसँग त्यस्तै गर्छ । मानार्थको चलनले हाम्रो सम्मान बढ्दैन । किनभने मुखले मानार्थ भनेर के गर्नु, नेपालमा चाहिने युद्ध सामाग्रीमा त भारतले दुई वर्षअगाडि नाकाबन्दी लगाएको थियो । यो तथ्य धेरैलाई थाहा पनि छैन । 


हामीलाई चाहिने बमबारुदकालागि चाहिने कच्चा पदार्थ हामीले किनेर ल्याउन सक्थ्यौं । तर भारतले दिएन । 

–दुई वर्षअगाडि भारतले युद्धसामाग्रीमा पनि नाकाबन्दी लगाएको थियो । 
 –४६ सालमा नेपालका प्रधानसेनापतिलाई श्रीलंका जान दिएन । 
– भारतको गुलामी नगरेको भनेर सच्चित शमशेरलाई मानार्थ सेनापति दिएन भारतले ।
– मानार्थ सेनापतिको कुनै अर्थ छैन, अन्त्य गरिदिए हुन्छ । 
– ब्रिटिसको सिको भारतले गरिरहेको छ । 

 

अहिलेको भक्तपुर र ललितपुर जति जमिन भारतले नेपालबाट खाइसकेको छ । सेना पठाएर कुनै देश कब्जा गर्ने चलन अब संसारमा छैन । भारतले सिक्किम निले जस्तै नेपाल निल्न सक्छ । विभिन्न शैलीमा अर्को देश खाने नखाए त्यहाँको स्रोत साधन आफ्नो हातमा लिने चलन छ । 

 

 

हालै प्रचण्ड भारत गए । भारतमा गएर प्रचण्डले त ‘आफू भारतपरस्त नै हुँ’ भनेर खुसी भएर नाचे । भारतीयहरुले बोल्ने कुरा बोलेर आए । अब प्रचण्डकालागि कालापानी, सुस्ता, १९५० को सन्धि केही बाँकी छैन । नेपालका नक्कली कम्युनिष्ट हुन् । 

– नेपाल भनेको भारतीय वस्तुको बजारमात्रै हो । 
–भारतीय वस्तु खपत गरिदिने साधन मात्रै हौं हामी नेपाली । 
–हामीले ती वस्तु खपद गरिदिएका कारण लाखौ भारतीयले रोजगारी पाएका छन् बाँचेका छन् । 
– हामी नेपाली भारतीयलाई रोजगारी दिनका लागि मात्रै जन्मेको जस्तो भएको छ । 
–हाम्रो देशमा कसलाई अर्थमन्त्री बनाउने भन्ने भारतको इच्छाअनुसार हुँदो रहेछ ।
– अर्थमन्त्री हुनुअघि नै भारतीय दुतावासको भोजमा डा. युवराज खतिवडा मग्न थिए ।
– भारतले वर्षमा २० वटा एम्बुलेन्स दिन्छ । ७ सय अर्ब लैजान्छ । हामी लुटिइरहेका छौं । यस्ता उपहार  बन्द गरौं । 

 

भारतले मात्रै होइन, अमेरिकाले दिने सहायताको पनि अर्थ छैन । हामीलाई दिने भन्दा बढी त उसले भिसा प्रक्रियामा लिने शुल्क नै बढी  हुन्छ । सयमा ५ जनालाई पनि भिसा नदिने तर पैसा सबैबाट असूल गर्दा अमेरिकाले हामीलाई दिने भन्दा लैजाने पैसा बढी छ । 

 

नेपाल भनेको एनजिओको कुस्ती खेल्ने ठाउँ बनेको छ । युरोपेली विधर्मीहरुको बजार भयौं हामी । चिनियाँहरुको असुरक्षाको बजार बनेका छौं । नेपालका आर्मी र प्रहरीको पनि विश्वास भएको छैन । चिनियाँले आफ्नो तिब्बतको सुरक्षाको लागि एनजिओ पठाउँदैछ । 

 

नेपालले भारतको चाहनाबमोजिमको संयुक्त सैन्य  अभ्यासमा भाग नलिएर ठीक गरेको छ । यसमा ओलीलाई धन्यवाद दिन्छु । हामी कुनै देशसँग मिलेर सैन्य अभ्यास गर्छौैं । गरिरहेका छौं । तर संयुक्त अभ्यास गर्न सक्दैनौं । त्यो अभ्यास मूलतः भारतले पाकिस्तानलाई ‘देखाइदिने’ नियतबाट आयोजना गरिएको हो । 

 

सेनापति र प्रधानमन्त्रीको टाउकोमा घान हालेर रक्षामन्त्री ईश्वर पोख्रेल शान्त भएर बसेका छन् । भीम रावलले बरु बोले । उनले संयुक्त सैन्य अभ्यासमा जान नहुने बताए । यसकारण म भन्छु, अबको प्रधानमन्त्री भीम रावल हुनुपर्छ ।
...

 

प्रधानमन्त्री केपी ओलीसँग दुई तिहाई बहुमत छ । तर एक बित्ताअगाडि बढ्न सक्नु भएन । ओलीले नालापानी, कालापानी, सुस्ताका कुरा उठाएर क्रान्तिकारी हुनुभएको हो ।  अहिले प्रधानमन्त्री रेलका कुरा गर्ने, पानीजहाजको कुरा गर्ने, ओबिओआरको कुरा गर्ने तर किसानलाई मल नदिनेलाई के भन्नु ? 

 

– चीनले ओबिओआरबारे ओलीले धेरै बोलिसके । तर शाखा अधिकृतको टेबलबाट काम अगाडि बढेको छैन । 
– हामीले चीनसँग धेरै वटा सडक खोल्नु हुँदैन । 
–यसले नेपालको सुरक्षा जटिलता बढाउछ । 
– राष्ट्रिय सुरक्षालाई वेवास्ता गरेर नेताहरु बोल्छन् र गर्छन् । 
–छिमेकी मुलुक भारतको ‘ग्रेटर इन्डिया’को रणनीतिमा छ । 
–‘ग्रेटर इन्डिया’मा नेपाल, भुटान, बंगलादेश, श्रीलंकालगायत मुलुक पर्छन् । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको शैली पनि ठीक छैन । 

–तीजमा प्रधानमन्त्री निवासमा महिलाहरुले नाचगान गरे  । राम्रै भयो । तर यस्तो नाचगान तराईका महिलाले जितियामा गर्न पाउँछन् कि पाउँदैनन् ? 
– ओली वंशको साधारणसभा बालुवाटारमा हुन्छ भने बस्न्यात, थापा, खड्काले त्यहाँ साधारण सभा गर्न किन नपाउने ? के प्रधानमन्त्री भनेको ओली थर भएकाहरुको मात्रै हो ? 
–नेपाल वायु सेवा निगम छाडेर प्रधानमन्त्री निजी वायु यानमा किन उड्छन् ? 
– सात वर्षको बच्चा जसरी प्रधानमन्त्री निवासमा तामझामसहित जन्मदिन मनाउन किन जरुरी भयो ? 
– प्रचणडले कामचोर ठेकेदारको घरमा नै डेरा बस्न जानुको अर्थ के हो ? 

 

केपी ओलीको अवस्था राजा ज्ञानेन्द्रको जस्ता नहोस् भन्ने मात्रै हो । ओलीजीले प्यार प्यार नबोलून् । फेरि बोल्यो, फेरि बोल्यो मात्रै भन्छन् जनताले । 
 

डा. प्रेमसिंह बस्न्यात केपी ओली मानार्थ सेनापति