समाचार देश

नियुक्तिको पद्धति नै त्रुटिपूर्ण : राप्रपा

नियुक्तिको पद्धति नै त्रुटिपूर्ण : राप्रपा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुुुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको विचार राखेको छ । 

 

प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मूल्याङ्कन गर्ने र निर्णय गर्ने समितिको क्षेत्राधिकार भए पनि यसले आगामी दिनमा कैयन् संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्न सक्ने सुनिश्चित रहेको धारणा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । 
 

राष्ट्रिय प्रजातन्त्र पार्टी