समाचार

बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

पाँचथर ।  १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय फालेलुङ गाउपालिका-५ का एक जना ३० वर्षीय युवक रहेको पाँचथर प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका युवकले गएको भदौ ४ गते राति सदरमुकाम फिदिममा रहेको एक होटलमा  किशोरीलाई धम्की र प्रलोभन देखाएर करणी गरेको पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

 

पीडित किशोरीका आफन्तले प्रहरीमा दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरिएको डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । 
 

पाँचथर