व्यापार शेयर

यस सता उकालो लाग्यो सेयर कारोबार

यस सता उकालो लाग्यो सेयर कारोबार

काठमाडौँ । यस साता धितोपत्र बजारमा एक अर्ब ४३ करोड ३२ लाख ९४ हजारबराबरको कारोबार भएको छ । 


नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ सय ८५ कम्पनीको ४५ लाख दुई हजार ४ सय ५० कित्ता सेयर खरीद बिक्री भएका छन् । 

 

कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १ सय ८१ कम्पनीको ३६ लाख ४७ हजार ८ सय ४० कित्ता सेयर ९१ करोड ८७ लाख ३२ हजारबराबरका खरिद बिक्री भएका थिए । गत साताको तुलनामा यस साता कारोबार रकम र नेप्से परिसूचकसमेत उकालो लागेर लगानीकर्तालाई खुशी तुल्याएको छ । 

 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले बढेर अन्तिम दिन एक हजार २१०.३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘संवेदनशील परिसूचक’ पहिलो दिनको तुलनामा ९.६८ अंकले बढेर २५५.३८ अंकमा आइपुगेको छ । 

 

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको सात करोड ८४ लाखबराबरको सेयर कारोबार भएको थियो । 

 

यस्तै कारोबार भएको सेयर संख्याको आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ७५ हजार कित्ता सेयर खरीद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

सेयर कारोबार