अर्थ शेयर

लगातार ओरालो लागेको नेप्से आज एकै दिन २८.७३ अंकले बढ्यो

लगातार ओरालो लागेको नेप्से आज एकै दिन २८.७३ अंकले बढ्यो

काठमाडौं  । लामो समयसम्म नबढेको नेप्से परिसूचक बुधबार एकै दिन २८.७३ अंक बढेको छ । नेप्से बढेसंगै लगानीकताहरुमा उत्साहित भएका  छन् । ‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इन्डेक्स समेत ५.९० प्रतिशतले बढेर २५५.४० विन्दुमा पुगेको छ ।


परिसूचक २८.७३ अंक बढेर एक हजार २०९.७१ बिन्दुमा पुगेको छ ।  बुधबार १६५ कम्पीहरुको ५ हजार ८३३ शेयर १० लाख ६८ हजार ५५७ पटक खरिद बिक्रीबाट ३६ करोड १ लाख ६३ हजार ४५८ रुपैयाँको कारोबार भएको छ ।





 


सबै समूहको परिसूचक बृद्धि

नेप्से बजारमा आएका सबै समूहको परिसूचक बढेको छ । दश वटा समूहमध्ये सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक २०५.६४ अंक बढेर ५ हजार ९८१.२७ विन्दुमा पुगेको छ । 



त्यसपछि लाइफ इन्स्योरेन्स समूहको परिसूचक १२९.८२, उत्पादनमुलक समूहको परिसूचक ३९.२३ अंक, विकास बैंक समूहको परिसूचक ३६.८१, माइक्रोफाइनान्सको ३५.२८, हाइड्रोपावर समूहको परिसूचक ३४.५३ अंक बढेको छ ।



त्यस्तै होटेल समूहको परिसूचक २९.२६, बैंकिङ समूहको परिसूचक २४.८६ अंक, अन्य समूहको १४.८२ र फाइनान्स समूहको परिसूचक ९.२३ अंक बढेको छ ।

नेप्से परिसूचक