कभर स्टोरी कला साहित्य

महात्मा गान्धी जो कहिल्यै चीन गएनन् तर अचम्मको प्रभाव

महात्मा गान्धी जो कहिल्यै चीन गएनन् तर अचम्मको प्रभाव

नयाँदिल्ली । सन् १९२० तिरको कुरा हो, जब महात्मा गान्धीको प्रभाव भारतको कुना कुनामा फैलिरहेको थियो । चीनका धेरै मानिसहरू पनि गान्धीलाई आफ्नो प्रेरणाको पात्रको रूपमा लिन थालिसकेका थिए । उनीहरू के सत्याग्रह र अहिंसाको पालना गर्नाले देशको भलाई हुन्छ ? भनेर प्रश्न गर्न थालेका थिए । 


त्यतिबेला भारतमा ब्रिटिश शासन थियो । ठीक त्यही नै बेला ब्रिटेन, अमेरिका, फ्रान्सजस्ता विदेशी तागतको जोर चलेको थियो । साथै चीनमा पनि विभिन्न गूटमा लडाइँको कारण गृहयुद्धको स्थिति थियो । 


महात्मा गान्धी चीन कहिल्यै गएनन् । तर, चीन र महात्मा गान्धीको विषयमा काम गर्ने ‘साउथ चाइना नर्मल युनिभर्सिटी’ का प्रोफेसर सांग छुआनयूका अनुसार, चीनमा महात्मा गान्धीको विषयमा करिब ८ सय किताब छापिएका छन् । 


पूरै चीनमा गान्धीको एकमात्र मूर्ति राजधानी बेजिङस्थित छायोयांग पार्कमा छ । जसको अघि एक मानव निर्मित तलाउ छ र त्यो मारकेज, इग्नेसी जान पेडेरेव्स्की र ह्रिस्टो बोटेवजस्ता हस्तीहरूको मूर्तिले घेरिएको छ । 


चीनमा आज पनि यस्ता मानिसहरू छन् जो गान्धीको जीवन जिउने तरिकाबाट प्रभावित छन् । 


गान्धीका कृतिहरूको अनुवाद


पूर्वी आनुहुई प्रान्तस्थित हुआंग थियन गाउँमा बस्दै आएकी ५७ वर्षीया वू पेई त्यस्तै छन् । उनले महात्मा गान्धीका लेखहरूको अनुवाद गरेकी छन् र उनी गान्धीकोजस्तै सादा जीवन जिउने गर्छिन् ।

चीनमा बढी संख्यामा मांशाहारी मानिसहरू बस्ने गर्छन् । तर वू भने शाकाहारी हुन् । उनी पुराना कपडा लगाउँछन् र कपडा धुनको लागि वासिङ मेसिनको प्रयोग पनि गर्दिनन् । गान्धीको विचारहरूलाई अघि बढाउनका लागि पछिल्लो वर्ष अगस्टमा उनले गाउँमा एउटा विद्यालयको स्थापना गरिन् । 


गान्धीका सिद्धान्तको सिकाइ


वू पेई भन्छिन्, ‘म बच्चालाई माहात्मा गान्धीको सिद्धान्तको बारेमा सिधै तरिकाले बताउँदिन । यसको साटो म उनीहरूलाई यसरी सिकाउँछु कि उनीहरू हरेक जीवलाई माया गरुन्, गाउँको लागि राम्रो काम गरुन्, कडा मेहनत गरुन् र यदि कोही एक्लो छन् भने उनीहरू ती व्यक्तिलाई भेट्न जाऊन् ।’


हातको प्रयोग र धर्तीसँग जोडिएको सम्बन्ध 


गाउँका एक व्यक्तिका अनुसार, करिब ८ सय वर्ष पुरानो त्यस गाउँमा भएको उक्त विद्यालयजस्ता भवन धेरै वर्ष पुराना हुन् ।  विद्यालयको एक ठूलो हलको भित्तामा रहेको कालोपाटीको माथि महान चिनियाँ दार्शनिक कन्फुसियसको लामो तस्बिर झुन्ड्याइएको थियो । 


सोही भित्तामा राखिएको काठको दराजमा चिनियाँ भाषामा बच्चाहरूको किताब, रंगीबिरंगी चक र स्ट्याप्लर राखिएको थियो । कुर्सी र साना साना मेचमा बच्चाहरूले बनाएका चित्र, उनीहरूका गृहकार्य र क्ले मोडल्स राखिएको थियोे जसलाई बच्चा र उनीहरूका आमाबाबुले खोलेर हेरिरहेका थिए । 


वू पेई भन्छिन्, ‘हामी यस विद्यालयमा बच्चाहरूलाई उनीहरू आफ्नो हातलाई प्रयोग गर्न सक्छन्, कसरी उनीहरू धर्तीसँग सम्बन्ध बनाउँछन् भन्ने कुरा सिकाउँछाैं । जसले गर्दा उनीहरू आफैँ धर्तीलाई नजिकबाट चिन्न सकून् ।’


विद्यालयको प्रार्थना सभापछि बच्चाले आफ्नो महान् आवाजमा गीत गाए । त्यहाँ उपस्थित भएका बच्चाहरूका अभिभावक उनीहरूले गाएको गीतको भिडियो आफ्नो क्यामेरामा कैद गरिरहेका थिए । 


पछिल्लो वर्ष डिसेम्बरमा विद्यालयमा विद्यालयको कार्यक्रममा भाग लिने नौ वर्षीया डेन्यूकी आमा रुई लियान आफ्नो छोराको प्रदर्शनबाट निकै सन्तुष्ट थिइन् ।
 


गान्धीका शिक्षाको गहिरो प्रभाव

डेन्यू पहिला एक आम पब्लिक स्कुलमा पढ्थे । लियानीले भनिन्, ‘आम पब्लिक स्कुल बच्चाको योग्यताको विकास गर्नका लागि सही छैनन् । पहिला मेरो छोरा आइफोन र कुनै पनि इलेक्ट्रोनिक खेलौनामात्र खेलेर बस्ने गथ्र्यो । तर, अब यस्तो छैन ।’


फिजिक्समा मास्टर्स गरेकी वू पेईको जन्म चीनको सांघाई सहरमा भएको थियो । उनले लन्डनमा दुई वर्ष वाल्डर्फको पढाइ गरेकी थिइन् । ‘वाल्डर्फ एजुकेसन’ भन्नाले पढाइको माध्यमबाट बच्चाको सम्पूर्ण मानसिक र कलात्मक विकास गर्ने बुझिन्छ । 


वू पेई भन्छिन्, ‘चीनमा परीक्षा र अंकमा विशेष जोड दिइन्छ । अध्यापकहरूले मानिसको विकासका बारेमा ध्यान दिँदैनन् । ’सन् २०२० मा उनको जीवनले अर्कै मोड लियो जब चीनको राजधानी बेइजिङमा उनले एक भारतीय वक्ताको भाषण सुनिन् । 


वू पेई भन्छिन्, ‘ती वक्ताले गान्धीका आदर्शबारे बताए र उनले भने कि, गान्धी भन्थे कि, सत्यलाई रचनात्मक तरिकामा मात्र व्यक्त गर्न सकिन्छ । यो कुराले ममाथि गहिरो प्रभाव पार्‍यो ।’


वू पेईले गान्धीका बारेमा स्कुलका किताबमा मात्र पढेकी थिइन् । त्यसकारण उनलाई गान्धीबारे त्यत्ति केही पनि थाहा थिएन । साथीहरूको आदेशमा उनले महात्मा गान्धीसँग सम्बन्धित किताबको अनुवाद गरिन् । पहिलो किताब गान्धीको निबन्धको संग्रहकोबारेमा थियो । दोस्रो किताबमा भने गान्धीका बोलीहरूको संग्रह थियो ।


उनी भन्छिन्, ‘गान्धीले भनेका थिए कि, यो धर्तीले मानिसहरूले मागेको र चिताएको कुरा पूरा गरिदिन सक्छ । तर मलाई त्यसको लोभलालच छैन । यो कुराले मलाई ठूलो प्रभाव पार्‍यो ।’


गान्धीको जन्न्मस्थान आउने वू को सपना 


चीनमा सबै मानिसले महात्मा गान्धीको सिद्धान्तमा सहमत जनाउँदैनन् । वू पेई भन्छिन्, ‘एक दिन जब मैले अहिंसा र गान्धीको बारेमा मानिसहरूसँग कुरा गर्न थालेँ, मानिसहरूले मलाई भने कि, म धेरै आदर्शवादी छु र चीनमा यस्तो हुन सक्दैन ।

 

चीनमा गान्धीको बारेमा जानकारी एकदमै कम मानिसलाई छ  । भारतमा जस्तै चीनमा पनि धेरै मानिसहरू अहिंसाको कुरामा गान्धीसँग सहमत छैनन् ।’


वू पेईको एकदिन महात्मा गान्धीको जन्मस्थानमा आउने ठूलो सपना छ ।


गान्धी कहिल्यै चीन गएनन्

महात्मा गान्धी कहिल्यै चीन गएनन् तर चीनका मानिसहरूसँग उनको सम्बन्ध निकै पुरानो थियो । राष्ट्रिय गान्धी म्युजियमद्वारा प्रकाशित इएस रेड्डीको किताबमा कसरी भारतीय र चिनियाँ समुदायले दक्षिण अफ्रिकामा एकसाथ आएर सरकारको भेदभावयुक्त नीतिको विरोध गरेका थिए भन्नेबारे बताइएको थियो । 


किताबमा कसरी महात्मा गान्धी र गाइनिज एसोसिएसन एन्ड कैंटोनिज क्लबका प्रमुख ल्योंग छिवनले सहयोग गरे भन्नेबारे जनाइएको थियो । स्थानीय अखबार ‘इन्डियन ओपिनियन’ को गुजराती संस्करणमा महात्मा गान्धीले लेखेका छन्, ‘जोहानेसवर्गमा चीनका धेरै मानिसहरू बसोबास गर्छन् । यो भन्न सकिँदैन कि, आर्थिक रूपमा उनीहरूको जीवनस्तर भारतका मानिसहरूको भन्दा राम्रो छ ।

धेरैजसो मात्र कामदारहरू छन् । केही दिन पहिला मलाई उनीहरूलाई ध्यानले नियाल्ने मौका मिलेको थियो । उनीहरूको जिन्न्दगीको तुलना आफ्नो जिन्न्दगीसँग गर्दा मलाई धेरै दुःख लाग्यो ।’


चीनमा सन् १९०४ देखि १९४८ को बीचमा छापिने ‘ओरिएन्टल म्यागेजिन’ मा महात्मा गान्धीको तस्बिरसँगै केही लेख छापिएको थियो । सन् १९२१ मा छापिएको एक लेखको अनुसार, ‘गान्धी निकै धार्मिक त छन् तर उनी देश प्रेमका समर्थक पनि हुन् ।

 

उनको जीवनको लक्ष्य भारतको नैतिक मूल्य र मान्यतालाई पुनर्जीवित गर्नु र भारतका मानिसहरूलाई आफैँलाई बिना भेदभावको परिवारमध्येमा बनाउनु र उनीहरू सबै पश्चिमी संस्कृति जस्तो औद्योगिक गुलामी, पैसाको पूजा र लडाकु अन्दाजलाई स्वीकार नरुगन् भन्ने हो । छोटकरीमा भन्नुपर्दा गान्धी न्यायका लागि हिंसाको सहारा लिने कुराको विरोधी थिए ।’


ती दिनहरूमा चीनमाथि सोभियत युनियनको गहिरो प्रभाव थियो ।   सोभियत नेता गान्धीलाई लिएर  जस्तो सोच राख्थे, चीनमा सरकार र मानिसहरूको मानसिकतामा त्यसको गहिरो असर हुन्थ्यो ।


१९२० को दशकमा गान्धीमा थिएन एकमत


‘साउथ चाइना नर्मल युनिभर्सिटी’ का प्रोफेसर सांग छुआनयू भन्छन्, ‘१९२० को दशकमा लेनिनले भारतीय स्वतन्त्रता संग्राममा गान्धीको भूमिकाको तारिफ गरे र उनलाई एक सच्चा क्रान्तिकारी भने । तर सन् १९३० को दशकमा स्टालिनले गान्धीलाई साम्राज्यवादीहरूको साथी बताएका थिए ।’


प्रोफेसर सांगले चीन र गान्धीको सम्बन्धबारेमा कयौँ लेख लेखेका छन् र यसलाई लिएर उनले भारतको भ्रमण पनि गरेका छन् । प्रोफेसर सांगका अनुसार, सन् १९२० को दशकमा मानिसहरूले गान्धीलाई ‘सन्त’, ‘भारतका राजा’ जस्ता उपनाम दिए ।

सन् १९३०को दशकमा कयौँ वामपन्थी वुद्धिजीवीहरूले महात्मा गान्धीलाई भारतीय राष्ट्रवादी संग्राममा दक्षिणपन्थी समूहका या ठूला जमिन्दार र व्यापारीहरूका प्रतिनिधि बताए । 


गान्धीको अहिंसाको आदर्शमा चीनमा विचार सुरु भएको थियो । कतिले भने कि, खादी आन्दोलनले मान्छे जम्मा गर्न मद्दत गर्न सकिन्छ । तर उनका आलोचकले गान्धीलाई ‘आधुनिकीकरण’ को विरोधीसमेत मानेका थिए ।  


‘द कलेक्टेड वक्र्स अफ महात्मा गान्धी’


महात्मा गान्धी चीन कहिल्यै नगएपनि सन् १९४० को दशकमा चिनियाँ नेता चियांगकाई सेक गान्धीलाई भेट्न पुगे । सन् १९४६ मा केएमटी पार्टी नेता चियांगकाई सेक र कम्युनिस्टको बीच लडाइँमा कम्युनिस्ट विजयी भएका थिए र चियांगकाई सेक भागेर ताइवान जानुपरेको थियो । 


राष्ट्रिय गान्धी म्युजियमका निर्देशक ए अन्नामलाईका अनुसार, त्यस्तो समय थियो जब जापानले हमलाको विरोध चियांगकाई सेक एसियाली देशलाई संघ बनाउन चाहन्थे तर महात्मा गान्धी अहिंसाको पक्षमा थिए । 


सन् १९३१ मा जापानले चीनमाथि हमला गरेर मन्चुरियालाई कब्जामा लिएको थियो । सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसम्म जापानले हार मानिसकेको थियो । त्यतिबेलासम्म धेरै चिनियाँ नागरिक मारिइसकेका थिए । 


१४ जुन १९४२ मा चियांगकाई सेकलाई महात्मा गान्धीले लेखेका पत्रमा ‘चाँडै नै जापानी हमलाको विरोध तपाईंको पाँच वर्षीय युद्ध पूरा हुन्छ भन्ने आाशा छ । जसले चीनका मानिसहरूको जीवनमा दुःख भरिदिएको छ । मलाई त्यस दिनको पर्खाइ छ जब एक स्वतन्त्र भारत र एक स्वतन्त्र चीन एसिया र पूरै दुनियाँको भलाईका लागि मित्रता र भाइचाराको सम्बन्धमा बाँधिन्छन् ।’


तर ‘द कलेक्टेड वक्र्स अफ महात्मा गान्धी’ मा छापिएको साक्षात्कारमा महात्मा गान्धी भन्छन्, ‘यदि चीनका मानिसहरू मेरो सोचलाई अहिंसा भनेर सोच्छन् भने बर्बादीका लागि काम आउने जापानको आधुनिक मेसिनलाई कसैले प्रयोग गर्दैन्थ्यो ।’


जापानको विरुद्ध अहिंसा अपनाउने कुरामा चीनका केही मानिसहरू सहमत छैनन् र यसलाई लिएर  तपाईंको चीनका सामाजिक सञ्जालमा लेख र कमेन्ट पाइन्छन् । 


उता सन् १९४८ मा ‘ओरिएन्टल म्यागजिन’ ले गान्धीको मृत्युको बारेमा, ‘उनको मृत्युको खबरले हाम्रो देशको सरकार र जनता एकदम दुखी छौँ’ भनेर छाप्यो । 


त्यही वर्ष कैंटोनिज ओपेरा मास्टर लियाउ सियाह्वेले ‘जब गान्धीले शीषीसँग भेटे’ नाम गरेको ‘मास्टरपिस’ ओपेरा तयार गर्‍यो ।  
यस काल्पनिक कहानीमा गान्धी सपनामा चीनको भ्रमण यात्रामा शीषी नाम गरेकी महिलासँग भेट्छन् । शीषी करिब दुई हजार वर्ष पुरानो प्राचीन चीनकी चार सुन्दरीमध्येकी एक थिइन् । 


चीनमा बढी गान्धीमाथि जागरुकता


ग्वांगजोमा महात्मा गान्धीको किताबका अनुवाद गर्ने छात्र सिगफ्रिड लियांग भन्छन्, ‘यस ओपेरालाई बिर्सिसकेको थियो किनभने १९८०  को दशकमा यो ओपेरा केही कैंटोनिज ओपेरा रिसर्चरको नजरमा पर्‍यो ।’


साउथ चाइना नर्र्मल युनिभर्सिटीको लाइब्रेरीमा धेरै समयको खोजपछि उनले एक रिसर्च पेपर भेटेका थिए । छात्रछात्राले भरिएको र आधुनिक सुविधाले भरिएको ‘एयरकन्डिसन्ड लाइब्रेरीमा’ भेटेर उनले भने, ‘यस ओपेरामा लियाउ शियाह्वेले त्यस समयका धेरै सामाजिक बेथिति जस्तै भ्रष्टाचार, गरिबीमाथि पनि कटाक्ष गरे ।

ओपेरालाई हेर्न भारतीय वाणिज्यदूतावासबाट पनि प्रतिनिधि आए र उनीहरूले ओपेरा एकदमै मन पराएका थिए ।’
महात्मा गान्धीको मृत्युमा चियांगकाई सेकले चिनियाँ भाषामा एक शोक सन्देश पनि पठाएका थिए, जुन अहिलेसम्म पनि राष्ट्रिय गान्धी म्युजियममा फ्रेममा सजाएर राखिएको छ ।


उक्त सन्देशमा ‘परोपकार गर्नु सन्तको जस्तै काम हो ।’ प्रोफेसरसँग छु आनयूका अनुसार, पछिल्लो वर्ष चीनमा महात्मा गान्धीको व्यक्तित्व र उनको सोचको बारेमा जागरुकता बढेको छ ।’ (बिबिसीबाट) 


 

चीन महात्मा गान्धी ब्रिटिश शासन