समाचार राजनीति प्रदेश ३

१४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

१४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।  समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन् । 

 

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँड रहेका छन् भने राजपा नेपालबाट राजकिशोर यादव रहेका छन् । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत गरेका थिए ।   प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते दिनको १ बजे बस्ने छ । 

समिति कार्यव्यवस्था