समाचार अर्थ कर्पोरेट

पुरानो गाडी दिएर नयाँ गाडी चढ्ने अवसर

पुरानो गाडी दिएर नयाँ गाडी चढ्ने अवसर

काठमाडौं । नेपालका लागि ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले एक्सचेन्ज योजना ल्याएको छ । मेगा एक्स्चेन्ज विक नाम दिइएको यस योजनामा ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडीसँग नयाँ डाट्सन गाडी साट्न सक्ने कम्पनीले जनाएको छ । साउन १० गतेदेखि १७ गतेसम्म यो योजना लागू हुनेछ ।


जो कोहीलाई नयाँ गाडी चढ्ने रहर हुन्छ र त्यो रहरलाई ड्याट्सनले उच्चतम मूल्याङ्कनका साथमा पूरा गर्ने कम्पनीको भनाई छ । देशभर रहेका आधिकारिक शो रुमहरुमा सञ्चानलन हुने एक्स्चेन्ज अफरमा ग्राहकले अन द स्पट नै आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी ७५ हजार रुपैयाँसम्मको एक्स्चेन्ज बोनस पनि पाउनेछन् ।


यस्तै १ लाख ७५ हजार रुपैयाँसम्मको नगद छुट र फाइनान्सिङ्गको सुविधा पनि पाइने कम्पनीले जनाएको छ  । हरेक गाडीमा ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म सर्भिसिङ्ग तथा १ वर्षको सडक कर पनि समावेश गरिएको छ ।