समाचार व्यापार

पर्यटकलाई लक्षित गर्दै नुवाकोटमा रिसोर्ट

पर्यटकलाई लक्षित गर्दै नुवाकोटमा रिसोर्ट

काठमाडौैं । पर्यटकलाई लक्ष्य गरेर नुवाकोटमा नयाँ रिसोर्ट ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस बन्ने तयारीमा छ । पर्यटकीय दृष्टिमा रहेको नुवाकोटमा भारतीय र चिनियाँ पर्यटक बढ्ने भएकाले रिसोर्ट स्थापना गर्न लागिएको विष्णुप्रसाद नेपालले बताए । 

 

ऐतिहासिक, धार्मिक तथा भौगोलिक सम्पदाले युक्त नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरेर ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गा्निक फार्म हाउस स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । 

 

विदुर–५, देवीघाटका समाजसेवी विष्णुप्रसाद नेपालको अध्यक्षतामा यही साउन २ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भएको सो रिसोर्ट बेलकोटगढी–२, जिलिङमा बन्नेछ । 

 

रिसोर्टका प्रवद्र्धकमा जग्गाधनी ठाकुर खतिवडा, केशव अर्याल, बद्रीलाल श्रेष्ठ, शिव कोइरालालगायत ३२ जना रहेका छन् । पासाङल्हामु राजमार्गबाट एक किमी उचाइमा बन्ने सो रिसोर्टबाट त्रिशूली र तादी नदी, देवीघाट तथा गणेश र लाङटाङ हिमाललगायत सुन्दर डाँडाकाँडा देखिने बताइएको छ । 

 

सुविधासम्पन्न र स्तरीय सो रिसोर्ट निर्माणको काम आगामी मङ्सिरदेखि शुरु भई बढीमा दुई वर्षमा करीब रु ३५ करोड लगानीमा सम्पन्न गरिने लक्ष्य राखिएको छ । नुवाकोटमा हाल त्रिशूली होटेल, वाटर टावर, दरबार भ्यू, रतनचुलीलगायत केही होटेल छन् ।  
 

नुवाकोट ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस

विशेष

ADVERTISEMENT