अर्थ कर्पोरेट मुख्य समाचार

बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम

बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम

काठमाडौं । नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ । 

शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो । 

गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो ।

वार्षिक १ खर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्यून भएपछि यसलाई बृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । -  कारोबार दैनिकबाट ।