अन्तरवार्ता भिडियो कुरा: खस्रा मिठा

पाकिस्तानमा नागरिक प्रशासन सन्देहास्पद छ : विश्लेषक सुवेदी (भिडियोसहित)

पाकिस्तानमा नागरिक प्रशासन सन्देहास्पद छ :  विश्लेषक सुवेदी (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक अरुणकुमार सुवेदीले यसपटक दक्षिण एसियाली मुलुक पाकिस्तानमा आगामी जुलाई २५ तारिखका दिन हुन गइरहेको आम चुनावसम्बन्धी चिरफार गर्ने प्रयत्न गरेका छन् । 


विश्लेषक सुवेदीले नेपाल आजको नियमित स्तम्भ कुरा खस्रा मीठासँग अन्तर्वार्ता दिँदै भने, ‘पाकिस्तानमा जुन वातावरणमा आम चुनाव हुँदै छ र, आम निर्वाचनपछि त्यहाँ नागरिक प्रशासन हुन्छ कि हुँदैन त्यो पनि सन्देहास्पदै छ ।

 

यसले पाकिस्तानलाई स्थायित्व दिँदैन, दिने स्थिति छैन । पाकिस्तानको जन्म नै त्यसरी भयो कि पाकिस्तानलाई स्थायित्व ग्रहण गर्नका लागि या त अमेरिकन र साउदी अरेबिया, साउदी अरेबिया पछि आएर भयो, भनेको हुबहु मानेर त्यहाँको मिलिटरीले शासन दिनु पर्छ । होइन भने जनप्रतिनिधिको आफ्ना वाध्यता हुन्छ, आफ्नो सोच हुन्छ, काम गर्ने आफ्नै फिलोसफी हुन्छ ।

 

त्यसअनुसार आगाडि बढ्ने बित्तिकै त्यहाँको प्रजातन्त्र अस्थिरै रह्यो, नागरिक प्रशासन अस्थिरै रह्यो । त्यो स्थिति देखियो, अहिले पनि स्थिरतातर्फ जाँदैन् ।’

पाकिस्तानमा गत निर्वाचनमा बहुमत लिएर आएका पाकिस्तान मुस्लिम लिग नेता नवाज सरिफ र उनकी छोरीलाई पनामा पेपरमा जेल पठाएर समाप्त पारिसकेको अस्थिरताको संकेत भएको उनले टिप्पणी गरे । 




उनले पाकिस्तानमा अन्य राजनीतिक पार्टीका नेता पनि बलिया नदेखिएको र पश्चिमा मिडियाले प्रचारित सेलिब्रिटी एवं पूर्वक्रिक्रेटर इमरान खान पनि राजनीतिक महत्वाकांक्षा भएको तर राजनीतिक समझ नभएको व्यक्तिलाई किन ल्याउन खोजिएको  छ भन्ने प्रकरण बुझ्न जरुरी भएको बताए । 


पाकिस्तानको आन्तरिक राजनीतिक अवस्थाको विश्लेषण गर्दै लेखक सुवेदीले भने, ‘पाकिस्तानको उद्भवपछिको त्यहाँका नेताहरू नियतिको इतिहास, पाकिस्तानको अवस्थिति छ, जबसम्म भारत र इरानको बीचमा पाकिस्तान छ, भारत, इरान, साउदी अरेयिबा र युनाइटेड अरब इमिरेट्सको बीचमा फारसको खाडी छ, फारसको खाडी र स्ट्रेट अफ हर्मुजको भूराजनीतिक महत्व  अनि भारत र इरानको अन्तर्राष्ट्रिय राजनीतिमा महत्व त्यो दुईटा बुझ्नु पर्छ र तिनै लाई नै मध्यनजर गरेर पाकिस्तानको राजनीति विकसित भएको छ । भारतसम्बन्धी सुरुदेखिको ब्रिटिशहरूको नीति यी कुराहरू नबुझिकन पाकिस्तानको राजनीतिक अस्थिरता बुझ्न सकिँदैन्, किनभने पाकिस्तानको वर्तमान राजनीति इतिहासको मालासित जोडिएको छ ।’
उनले पाकिस्तानको अस्थिरतासँग सँगै नेपालको पनि अस्थिरता पनि जोडिँदै गएको बताए । 


उनले पाकिस्तानको नागरिक सरकारले जुन जुन बेला भारतसँग सम्बन्ध सुधार्ने प्रयत्न गर्छ त्यो त्यो बेला नागरिक पार्टी सिकार भएको दृष्टान्त प्रस्तुत गरे । 


उनले पाकिस्तानमा सैनिक स्क्रिप्टभन्दा बाहिर जान त्यहाँको न्यायालयलाई पनि धेरै गाह्रो स्थिति छ भन्ने तथ्य औंल्याउँदै भने, ‘पाकिस्तानमा नागरिक प्रशासन भनेको शृंगारिक (डेकोरेटिभ) हो । पाकिस्तानले भारत र इरानको चिरन्तर विरोध गरेर टिक्न सक्दैन ।’


विश्लेषक सुवेदीले पाकिस्तानमा अहिले जुन आम निर्वाचनको कोरियोग्राफी र स्क्रिप्ट राइटिङ भइराखेको छ, त्यो नै पाकिस्तानमा राजनीतिक अस्थिरता निर्माण गरेर आइएसआई र सेनाको पकड अरू बढी बनाउने र त्यो मार्फत अन्तर्राष्ट्रिय शक्तिको पकड स्थापित गर्ने सिद्धान्तमा आधारित  
भएको बताए । 
    

arun kumar subedi pakistan election
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।