शेयर मुख्य समाचार

गत साताको भन्दा ३१ दशमलब ३२ प्रतिशतले घट्यो

गत साताको भन्दा ३१ दशमलब ३२ प्रतिशतले घट्यो

काठमाडौं । साताको पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक ६ दशमलब ७० अंकले घटेर ११ सय ९३ दशमलब ३९ अंकमा पुगेको छ।

 

यस साता नेप्सेमा १ सय ८६ कम्पनीको एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ३२ प्रतिशतले घटेको छ।


गत साता १ सय ९१ कम्पनीको दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएका थिए ।


‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ३९ अंकले घटेर २ सय ५१ दशमलब ४२ अंकमा आइपुगेको छ ।

 

यस साता कारोबार रकमको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक अग्रस्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको संस्थापक सेयरको कारोबार भएको छ ।
 

नेप्से परिसूचक