समाचार व्यापार मुख्य समाचार समाज देश

मासु खपत बढेपछि चिन र भारतबाट खसिबोका आयात बढ्दै

मासु खपत बढेपछि चिन र भारतबाट खसिबोका आयात बढ्दै

काठमाडौं । काठमाडौंमा मासुको खपत बढ्दै गएपछि छिमेकी राष्ट्र चिन र भारतबाट खसिबोको आयात बढ्दै गएको छ ।


काठमाडौंमा मासुको उपभोक्ता बढेपछि अपुग भएको कारण भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ ।


काठमाडौंमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ । काठमाडौं चौपाया खरिद बिक्री प्रा.लिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । 


काठमाडौं चौपाया खरिद बिक्री प्रा.लि कलंकीले विगत २३ वर्षदेखि काठमाडौ उपत्यका तथा नजिकका जिल्लाबाट खसिबोका व्यवस्थापन गर्दै आएको छ । 


पशुपक्षी बजार निर्देशनालयका निर्देशक डा.बलराम थापा आम्दानी बढेसँगै मासुको उपभोग गर्ने प्रवृत्ति बढेको बताए । 


नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष गोविन्द पाठकले करिब ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात गर्ने गरिएको बताए । 

 

मासुको खपत बढ्दै खसिबोको आयात

विशेष