खेल

सन् २०१८ विश्वकपकाे उपाधि फ्रान्सलार्इ, दाेस्राे उपाधि चुम्न सफल

सन् २०१८ विश्वकपकाे उपाधि फ्रान्सलार्इ, दाेस्राे उपाधि चुम्न सफल

काठमाडाैं । रूसमा भएकाे सन् २०१८ काे विश्वकप फुटबलकाे उपाधि फ्रान्सले जितेकाे छ । राजधानी मस्काे सहरस्थित लुज्निकी रंगशालामाभएकाे खेलमा क्राेएसियालार्इ ४–२ ले पराजित गर्दै फ्रान्सले दाेस्राे पटक विश्वकप उपाधि चुमेकाे हाे ।  

 

यसअघि सन् १९९८ मा अायाेजना भएकाे विश्वकपमा अायाेजक फ्रान्सले पहिलाे उपाधि अाफ्नाे नाममा गरेकाे थियाे । २१ अाैँ विश्वकप अायाेजनामा क्राएसिया पहिलाे पटक फाइनलमा पुगेकाे थियाे ।

 

६५ अाैँ मिनेटमा एम्बाप्पेले गाेल गर्दै फ्रान्सलार्इ दाेस्राे उपाधि दिलाए । ५९ अाैँ मिनेटमा पाेग्बाले गाेल गर्दै फ्रान्सलार्इ ३–१ काे अग्रता दिलाएका थिए । ३८ अाैँ मिनेटमा एन्टाेइन ग्रिजम्यानले पेनाल्टीमार्फत गाेल गर्दै फ्रान्सलार्इ २–१ काे अग्रता दिलाएका थिए । डिबक्स भित्र ह्यान्ड बलकाे अपिल गरेपछि भिएअारकाे प्रयाेग गरिएकाे थियाे । 

 

खेलकाे ६९ अाैँ मिनेटमा मारियाे मान्डुज्किले क्राेएसियालार्इ दाेस्राे गाेल दिलाए । खेलकाे २८ अाैँ मिनेटमा क्राेएसियाका इभान पेरिसिकले गाेल गर्दै खेललार्इ बराबरीमा ल्याएका थिए । १८ अाैँ मिनेटमा मारियाे मान्डुज्किले फ्रान्सकाे फ्रि–किकलार्इ विथाेल्न खाेज्दा अाफ्नै पाेस्टमा गाेल गर्न पुगेका थिए । 

 

फ्रान्सविरूद्ध काेएसियाले अहिलेसम्म ६ खेल खेलेकाे छ जसमध्ये ४ हार र २ बराबरी खेल खेलेकाे छ । विश्वकपमा फ्रान्स र क्राेएसियाले १९९८ काे सेमिफाइनलमा प्रतिस्पर्धा गरेकाे थियाे । उक्त खेलमा फ्रान्स २–१ ले विजयी भएकाे थियाे । 

 

सेमिफाइनलमा बलियाे टाेली इंग्ल्यान्डलार्इ २–१ ले पराजित गर्दै क्राेएसिया पहिलाे पटक फाइनलमा प्रवेश गरेकाे थियाे । 

 

यता फ्रान्सले बलियाे प्रतिद्वन्दी बेल्जियमलार्इ १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गर्दै फाइनलकाे यात्रा तय गरेकाे थियाे । अहिलेसम्म ८ राष्ट्रले विश्वकप जितेकाे छ । 

फ्रान्स  क्राेएसिया