समाचार व्यापार मुख्य समाचार प्रदेश ३

त्रिशूली र देवीघाटको बिजुली उत्पादन ठप्प

नुवाकोट । आगलागीका कारण क्षतिग्रस्त त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन ठप्प भएको छ । 


उत्पादित विद्युत्लाई ट्रान्सफर्मरसम्म पु¥याउन जडित बसबार र  ३ वटा ब्रेकरमा मंगलबार लागेको आगोले क्षति पु-याएपछि २१ मेगावाट क्षमताको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको हो । 


देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार आगलागीबाट क्षति पुगेका टर्बाइनको मर्मतमा नेपाल विद्युत् प्राधिकरणका १५ जनाभन्दा बढी प्राविधिक खटिएका छन् । भट्टले आगोले क्षति पुगेका ब्रेकर भैरहवा सवस्टेसनमा मौजुदा रहेकाले त्यहाँबाट ल्याउन पहल भइरहेको बताए । 


उनका अनुसार प्रारम्भिक लगतको आधारमा आगलागीबाट १ करोडभन्दा बढीको क्षति पुगेको छ । त्रिशूली जलविद्युत् केन्द्र मर्मतका लागि पानी बन्द

गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत् केन्द्र पनि बन्द गरिएको हो । बन्द भएका दुई जलविद्युत् केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको छ । 
 

विशेष