अर्थ कर्पोरेट मुख्य समाचार

कर्णाली प्रदेशका वासिन्दाले नेपालगन्ज पुुग्‍नैपर्नै बाध्यता हट्यो

कर्णाली  प्रदेशका वासिन्दाले नेपालगन्ज पुुग्‍नैपर्नै बाध्यता हट्यो

    शुुक्रबार सीता एयरको परीक्षण उडानका क्रममा हुुम्ला पुुगेका मुुख्यमन्त्री शाही।

वीरेन्द्रनगर । साविकका कर्णाली अञ्चलका वासिन्दाले प्रदेश राजधानी सुुर्खेत पुुग्न नेपालगन्जमा हवाई यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। विगत लामो समयदेखि सुुर्खेतबाट यात्रुु नबोक्दा नेपागन्जको विकल्प नपाएका कर्णालीका वासिन्दाले अब सीधै सुुर्खेतको यात्रा गर्न पाउने भएका छन्।

 

पहिलोपटक औपचारिक रूपमा सीता एयरले प्रदेश राजधानी सुुर्खेतबाट कर्णालीका सिमकोट, डोल्पा, रारा र जुुम्लामा सीधा हवाई सेवा सुुरु गरेको छ। चार्टर उडानबाहेक यात्रुु नबोक्ने भएका कारण हवाई यात्रामार्फत सुुर्खेत आउने यात्रुुले नेपालगन्जसम्म जहाजमा र त्यहाँबाट बसमार्फत आउने गरेका थिए। नागरिकको गुुनासोपछि प्रदेश सरकारको पहलमा सीता एयर औपचारिक रूपमा यात्रुु बोक्नका लागि १८ सिटे डबल इन्जिनको ड्रोन एयर–२२८ ले नियमित उडान भर्ने सीता एयर प्रालिका प्रबन्धक निर्देशक राजेन्द्रबहादुुर सिंहले बताए।

 

‘लामो समयअघि उडान भए पनि हाम्रो समस्याका कारण हामीले नियमित गर्न पाएका थिएनौं, अब औपचारिक रूपमै सुुरु गरेका छौं’, उनले भने, ‘चार वटै विमानस्थलमा दैनिक एउटा उडान र यात्रुुको चाप हेरी तालिका थपघट गर्न सक्नेछौं।’ नागरिक उड्यन प्राधिकरणमा उडान तालिकासहित स्वीकृतिका लागि निवेदन गरेकाले १५ दिनभित्रै नियमित उडान औपचारिक हुुने बताए।

 

सीता एयरले प्रदेश राजधानी सुुर्खेतबाट कर्णालीका सिमकोट, डोल्पा, रारा र जुुम्लामा सीधा हवाई सेवा सुुरु गरेको छ।

 

शुुक्रबार सुुभारम्भका लागि कर्णाली प्रदेश सरकारका मुुख्यमन्त्री महेन्द्रबहादुुर शाही र पर्यटन मन्त्री नन्दसिंह बुुढाले सिमकोट विमानस्थलसम्म भ्रमण समेत गरेका छन्। ४० दिनअघि प्रदेश सरकार र सीता एयर प्रालिबीचमा नियमित उडानका लागि सम्झौता भएको थियो। निर्देशक सिंहका अनुुसार तत्काललाई एउटा विमान मात्रै भए पनि आगामी दिनमा यात्रुुको चाप हेरेर विमान संख्या बढाउन सकिनेसमेत बताए। सुुर्खेतबाट नियमित उडान सुुरु भएसँगै हवाई भाडादरमा समेत कमी आउने सिंहले जानकारी दिए। विगतमा हुुँदै आएको भाडादरभन्दा सुुर्खेतबाट जाँदा यात्रुुले एक हजार पाँच सयसम्म भाडादरमा यात्रा गर्न पाउनेछन्।

 

यस्तै प्रालिका वरिष्ठ महाप्रबन्धक घनश्यामराज आभार्यले विगतमा सहुुलियत टिकटका नाममा यात्रुु र हवाई कम्पनीमाथि लुुट मच्चाउने विचौलियाको अन्त्य भएको बताए। शुुक्रबार कम्पनीले कैलाश जानका लागि आएका १५ भारतीय पर्यटकलाई सुुर्खेत विमानस्थलबाट पनि उडान सुुरु भएको जानकारी दिन निःशुुल्क सिमकोट पुुर्‍याएको आचार्यले जानकारी दिए। तस्वीर र समाचार सामाग्री अन्नपूर्णपाेष्ट दैनिकबाट ।

सीता एयर नेपागन्ज हवाई यात्रा सुुर्खेत