मुख्य समाचार राजनीति

प्रचण्डलार्इ उपेन्द्रकाे साथः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान तयार छौं

'ने क पाले कम्युनिस्ट शब्द छाेडेपछि मात्र एकता हुुन्छ'

प्रचण्डलार्इ उपेन्द्रकाे साथः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान तयार छौं

पोखरा । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पछिल्लाे समय  नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएकाे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा सहमित जनाएका छन् ।

 

शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष रहेका मन्त्री यादवले अहिले ने क पाभित्र यसबारे बहस भइरहेकाे भन्दै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान अाफूहरू तयार रहेकाे बताएका हुन् ।

 

'ने क पा र फोरम नेपाल मिल्दा दुई तिहाई पुगेकाे छ । ने क पाले चाहेमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ, त्यसका लागि हामी तयार छौं’, उनले भने ।

 


 प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुँदा लोकतन्त्र कमजाेरा हुने त हाेइन भन्ने प्रश्नमा मन्त्री यादवले भने, ‘यसले लोकतन्त्रलाई कमजाेर हाेइन,  झन् बलियो हुन्छ ।’

 

उनले ने क पासँग एकता गर्ने कुरा हल्ला मात्र भएको बताए । मन्त्री यादवले भने, 'तर, एकता हुदैन भन्ने हाेइन पार्टी एकता गर्नका लागि उनीहरूले कम्युनिस्ट शब्द छाड्नु पर्छ।'

 

उपेन्द्र यादव कार्यकारी राष्ट्रपति प्रचण्ड पार्टी एकता नेकपा संघीय समाजवादी फोरम