कुरा: खस्रा मिठा कभर स्टोरी राजनीति

राष्ट्रपतीय चुनाव भएमा प्रचण्ड र गगनबीच प्रतिस्पर्धा हुनेछ (भिडियोसहित)

नेपालमा भारत र चीनको अपेक्षाविपरीत कामहरू भइराखेका छन्  

राष्ट्रपतीय चुनाव भएमा प्रचण्ड र गगनबीच प्रतिस्पर्धा हुनेछ (भिडियोसहित)

काठमाडौं । लेखक एवं राजनीतिक  विश्लेषक अरुण सुवेदीले वर्तमान राजनीतिक परिस्थितिको विवेचना गर्दै यदि नेपालको शासकीय स्वरूप परिवर्तन भएमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका युवा नेता गगन थापाबीच राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा हुने बताएका छन् । 

 

नेपाल आजको नियमित स्तम्भ कुरा:खस्रामीठा शृंखलाका लागि बिहीबारको अन्तर्वार्तामा विश्लेषक सुवेदीले भने, ‘कार्यकारी राष्ट्रपतीय प्रणाली प्रचण्डको दीर्घकालीन राजनीतिक रणनीति हो र त्यसैअनुसार उहाँले दीर्घकालीन राजनीतिक योजनाअन्तर्गत स्वाभाविक रूपमा राष्ट्रपतीय शासन प्रणालीको कुरा उठाउनुभएको हो । अब हेर्न मात्र बाँकी छ कि उहाँ त्यो एजेन्डा लागू गराउन कत्तिको सफल हुनु होला वा असफल । तर, मलाई लाग्छ उहाँको ०५१, ०५२ सालदेखिको राजनीतिक गतिविधिलाई हेर्दा प्रचण्डजीले उठाउनु भएको यो कुरा नेपालको राजनीतिक मौसमअनकूलको यत्न हो जस्तो लाग्छ ।’

 

सुवेदीले संविधानसभा चुनावयता नेपालको राजनीतिमा नेकपा एमाले र नेपाली कांग्रेस राजनीतिक एजेन्डा लागू गराउन असफल सिद्ध भइसकेको उल्लेख गर्दै भने, ‘उपेन्द्र यादव सरकारमा सामेल भइसकेपछि दुईतिहाइ बहुमत पनि पुगेको छ । राष्ट्रपतीय प्रणालीलाई सिरक आढेर सराप्नेसम्मको काम कांग्रेसले गरिनै राखेको छ । त्योभन्दाबढी कांग्रेस अगाडि बढ्न सकेको छैन । त्यसकारण प्रचण्डजीको एजेन्डा अर्थपूर्ण रूपमा आएको छ ।’


विश्लेषक सुवेदीले भने, ‘यदि राष्ट्रपतीय प्रणालीअन्तर्गत चुनाव भएमा धर्मनिरपेक्षको तर्फबाट साझा उम्मेदवार प्रचण्ड र बाँकीको हकमा आम जनतालाई अपिल गर्न सक्ने नेताको रूपमा कांग्रेसका गगन थापा आउन सक्छ । किनभने कांग्रेसका अरू नेता सबै ‘भुत्ते खुकुरी’ जस्ता भइसकेका छन् ।’ 

 

उनले नेपालमा अब राजतन्त्रको पुनस्र्थापना हुने सम्भावना नभएकाले राजनीतिक एजेन्डा स्थापना गर्ने काममा प्रचण्ड नै अग्रगामी देखिएको पनि उल्लेख गरे । 

 

सुवेदीले दक्षिण एसियाको राजनीतिक परिदृश्यलाई विश्लेषण गर्दै भने, ‘नेपालमा भारत र चीनको अपेक्षाविपरीत राजनीतिक घटनाक्रम विकसित भइराखेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ को संसदीय चुनावमा अप्ठेरो पार्ने उद्देश्यअनुरूप विदेशी शक्तिले नेपालमा अनेकन राजनीतिक गतिविधि गराइराखेका छन् । त्यसको उदाहरणका लागि उपेन्द्र यादवको नाटकीय सत्तारोहण हो ।’
      
 

कुरा: खस्रा मिठा अरुण सुवेदी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।