अर्थ कर्पोरेट

स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने

स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । 

 

मन्त्रालयले देशभरका जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मन्त्रिपरिषद्बाट स्वीकृत भएको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

 

मन्त्रिपरिषद्ले स्विकृत गरेको सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने सम्बन्धी नीतिगत मार्गदर्शन यसअघि विभिन्न मन्त्रालयमा भने लागू गर्ने निर्णय भैसकेको छ । मन्त्रालयको यो निर्णयसँगै अब स्थानीय तहले उक्त मार्गदर्शनमा भएका व्यवस्था पालना गर्न अनिवार्य हुनेछ । आजको नागरिक दैनिकमा समाचार छ ।

स्थानीय तह संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्