समाचार अपराध सुरक्षा समाज प्रदेश ३

काउन्सिलका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने दुई पक्राउ

काउन्सिलका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने दुई पक्राउ

काठमाडौँ । प्रेस काउन्सिलका पदाधिकारीहरुलाई समाजिक सञ्जालमा  अमर्यादित शव्द प्रयोग गरी धम्की दिने दुई जना प्रहरीको फन्दामा परेका छन् । न्यूज २४ टेलिभिजन मार्फत प्रसारित ‘सीधा कुरा जनता’ का सञ्चालक रवि लामिछानेमाथि उपर परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सन्जालमा आपत्तिजनक, अमर्यादित शव्दहरु प्रयोग गरी पोष्ट र कमेन्ट गरेको उनीहरुमाथि आरोप छ । 

 

पक्राउ पर्नेमा इलाम घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय विनोद गौतम रहेका छन् भने नवलपरासीका ३६ वर्षीय विष्णु ढकाल रहेका छन् । उनीहरुले प्रेस काउन्सिल तथा पदाधिकारीको सामाजिक एवं व्यक्तिगत जीवन तथा मान प्रतिष्ठा समेतमा आघात पु¥याउने र ज्यान मार्ने समेतका धम्की दिई सामग्रीहरुको पोष्ट गर्दै आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 

विद्युतिय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गरी त्यस्ता गैरकानूनी कुराहरुमा पोष्ट र कमेन्ट गर्ने कार्य समेतमा संलग्नहरुको खोजतलास गर्ने क्रममा महाशाखाबाट खटिएको टोलीले गौतमलाई काठमाण्डौको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरेको थियो । 

 

दुवैलाई विद्युतिय कारोवार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाईएको छ ।  विद्युतिय कारोवार ऐन, २०६३ को  दफा ४७ बमोजिम एक लाख रुपैंया सम्म जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । 

काउन्सिल पदाधिकारी
ADVERTISEMENT