समाचार समाज प्रदेश ३

छानबिन आयोग गठन गर्न श्रीनिवासको माग 

छानबिन आयोग गठन गर्न श्रीनिवासको माग 

काठमाडौं । आफूले आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासले रिहा हुने वित्तिकै आफूमाथि झुटो आरोप लगाइएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै श्रीनिवासले आफूमाथि अन्याय भएको भन्दै छानबिनका लागि आयोग गठन गर्न समेत सरकार समक्ष माग गरेका छन् ।

 

२५ चैत ०७४ को बिहान २ बजेतिर शौच गर्न निस्किएको वेला उनीमाथि बिराटनगरको जतुवामा गोली प्रहार भएको थियो । पछि अनुसन्धानका क्रममा उनी आफूले आफैंलाई गोली हान्न लगाएको खुलेपछि जिल्ला प्रहरी कार्यालय, मोरङले पक्राउ गरेको थियो ।

 

उनी ८ असारमा जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । पत्रकार सम्मेलनमा उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

 

घटनाको दोषी खोज्ने क्रममा राज्यपक्ष असफल भएकाले झुठा अभियोग सहितको अनुसन्धानको भरमा सत्य, तथ्य छानविन नगरी उल्टै म र मेरा उपचारमा संलग्न भक्तजन तथा सहयोगीहरुलाई घटनाकार भनि मुद्दा चलाउने कार्य गरिएको उनले बताए । 

 ‘

आयोग गठन माग