समाचार देश प्रदेश ३

नारायणगढ - मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

नारायणगढ - मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि सोमवार बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जानकारी दिएको छ ।

 

जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले बताएको छ । सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

सडक अवरुद्ध
ADVERTISEMENT