अर्थ कर्पोरेट मुख्य समाचार देश प्रदेश ३

६ अर्ब लागतको बाहिरी चक्रपथ कार्यान्वयनमा ढिलाइ 

६ अर्ब लागतको बाहिरी चक्रपथ कार्यान्वयनमा ढिलाइ 

काठमाडौं । करिब ६ अर्ब लागतको बाहिरी चक्रपथ निर्माण र जग्गा विकास कार्यान्वयनमा अmभै ढिलाइ भएको छ । सरकारी निर्णय नै अस्पष्ट हुँदा बाहिरी चक्रपथ विकास तथा विस्तार कार्यान्वयनमा ढिलाइ भएको छ ।

 

झण्डै ७२ किलोमिटर  किमीको बाहिरी चक्रपथको पहिलो चरणमा निर्माण गरिने चोभार–गम्चा–सतुङ्गलको ६ दशमलव ६ किमी खण्डको जग्गा प्राप्तिका लागि स्पष्ट व्यवस्था नहुँदा चक्रपथ विस्तारको कार्यमा ढिलाइ भएको हो । १३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माणको कार्यलाई अघि बढाउन मन्त्रिपरिषद् बैठकले गत वैशाख ४ गते स्वीकृति दिएको थियो ।

 

तर, मन्त्रिपरिषद्को बैठकले उक्त खण्डको विस्तृत आयोजना प्रतिवेदन  स्वीकृत गरे पनि जग्गा अधिग्रहण र हस्तान्तरणका विषयमा स्पष्ट व्यवस्था नगरेपछि अहिले जग्गा प्राप्ति र हस्तान्तरणको विषयलाई स्पष्ट पार्न जग्गा प्राप्तिको फाइल पुनः मन्त्रिपरिषद्मा पेश गर्न लागिएको बाहिरी चक्रपथ विकास आयोजनाका अधिकृत धु्रव सापकोटाले बताए ।

 

उनले भने, ‘सो फाइल आगामी सोमवार÷मङ्गलवार नै मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरिएको छ ।’ मन्त्रिपरिषद्को आगामी बैठकले जग्गा प्राप्ति गर्दा विकसित घडेरी जग्गाधनी, मोहीलाई नै फिर्ता दिने गरी जग्गा प्राप्ति ऐनअनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने विषय थप गर्नुपर्ने उनले बताए ।

 

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अहिले जग्गा अधिग्रहण गर्न कुनै समस्या छैन । तर, अधिग्रहण गरिएको जग्गा सरकारको नाममा जाने भएको हुँदा अहिले प्राधिकरणअन्तर्गतको आयोजनाले काम अघि बढाउन सकेको छैन ।

 

प्राधिकरणका शहरी योजनाकार भागवतभक्त खोखालीले मन्त्रिपरिषद्को बैठकले अब निर्णय गर्दा जग्गा अधिग्रहण गरेर प्राधिकरणअन्तर्गतको आयोजनालाई हस्तान्तरण गर्नुपर्छ भन्ने उल्लेख हुनुपर्ने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार जग्गा अधिग्रहण गरी काठमाडौं उपत्यका प्राधिकरणलाई हस्तान्तरण गरिने भनी अब स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको १ सय दिन पुगेको दिन नै बाहिरी चक्रपथ विस्तारको उक्त खण्डको औपचारिक शिलान्यास गर्ने तयारी गरिएको थियो । तर, पछि जग्गा प्राप्ति तथा जग्गा अधिग्रहण कार्यमा स्पष्ट व्यवस्था नहुँदा यो प्रक्रिया थप लम्बिएको छ । आयोजनाले उक्त क्षेत्रमा जग्गा अधिग्रहण गरी ल्याण्ड पुलिङ गरी स्वयम् जग्गाधनीलाई नै हस्तान्तरण गर्नेछ ।

 

चालू आर्थिक वर्षदेखि नै औपचारिक निर्माणको काम शुरू गरिने भनिए पनि यी प्रक्रियाका कारण बाहिरी चक्रपथको काम तत्काल शुरू नहुने देखिएको छ । अहिले तत्काल उक्त खण्डको काम शुरू नहुँदा त्यस क्षेत्रमा घरहरू तथा अन्य संरचनाको निर्माण बढ्ने सम्भावना देखिएको छ । 

चक्रपथ बाहिरी