अर्थ मुख्य समाचार समाज प्रदेश ३

काठमाडौैं महानगरले ल्यायो १३ अर्ब २ करोडको बजेट

काठमाडौैं महानगरले ल्यायो १३ अर्ब २ करोडको बजेट

काठमाडौं । काठमाडौैं महानगरपालिकाले १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभामा मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७५÷०७५ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेश गरेका हुन् ।


बजेटको स्रोतमा आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाहृय स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान छ । महानगरले वडास्तरमा पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख बजेट बिनियोजन गरेको छ । कार्यालय सञ्चालन र प्रशासनिक खर्च १ अर्ब ९३ करोड छ ।

 

शिक्षामा १ अर्ब १० करोड ४६ लाख बजेट छुट्याइएको छ भने हनुमानढोका स्वयम्भू जोड्ने पदमार्ग निर्माण, ढुंगेधारा संरक्षण लगायतमा ५१ करोड ६७ लाख छुट्याएको काठमाडौं महानगरपालिकाले भवन निर्माण र गाडी तथा अन्य सम्पत्ति खरिद मा २ अर्ब ३६ करोड १ लाख बजेट बिनियोजन गरेको छ । मोनोरेल, इलेक्ट्रिक बस, फ्लाइ स्काइ ब्रिज, ईट्वाइलेट लगायतको पूर्वसम्भाव्यता अध्ययन तथा डीपीआर गर्न १५ करोड १० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

महानगर काठमाडौैं