अर्थ बैंकिङ मुख्य समाचार देश प्रदेश ३

बाणिज्य बैंकहरुमा सातामै २१ अर्ब निक्षेप बृद्धि

बाणिज्य बैंकहरुमा सातामै २१ अर्ब निक्षेप बृद्धि

काठमाडौं । अघिल्लो साताबाट ब्रेक लागेको निक्षेप बृद्धि यो साता भने ह्वात्तै बढेको छ। एक सातामै निक्षेप २१ अर्ब रुपैयाँले बढेर २३ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप बृद्धिको अनुपातमा बैंकहरुले ऋण लगानी कम गरेका छन्।

 

सञ्चालनमा रहेका २८ बाणिज्य बैंकको सातामा जम्मा ६ अर्ब रुपैयाँ मात्र ऋण विस्तार भएको छ। कुल ऋण २० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। सरकारले विकास खर्च बढाउन थालेपछि प्रणालीमा निक्षेप बढ्न थालेको हो। चालु बर्ष मात्र निक्षेप २ खर्ब ७० अर्ब रुपैयाँ बढेको छ। ऋण लगानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँले बढेको छ।

 

आर्थिक बर्ष सकिन लागेकाले बैंकहरुले ऋण विस्तार क्रमश घटाउँदै लगेको तथ्यांकले देखाउँछ। नयाँ ऋण दिँदा एक प्रतिशत नोक्शानी ब्यवस्थापनमा राख्नु पर्छ। त्यही भएर पनि बैंकहरुले ऋण विस्तार घटाउँदै लगेका हुन्।

बैंकहरुमा निक्षेप