व्यापार अर्थ बैंकिङ मुख्य समाचार

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिददर १०८ दशमलव ४८ रुपैयाँ र बिक्री मूल्य १०९ दशमलव ०८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२५ दशमलव १२  रुपैयाँ र बिक्रीदर १२५ दशमलव ८१ रुपैयाँ तोकेको छ ।

 

एक युके पाउन्ड स्ट्रलिङको खरिददर १४३ दशमलव ३१ रुपैयाँ र बिक्रीदर १४४ दशमलव १० रुपैयाँ रहेको छ ।   अष्ट्रेलियन एक डलरको खरिददर ७९ दशमलव ८९ रुपैयाँ र बिक्रीदर ८० दशमलव ३३ रुपैयाँ रहेको छ ।

 

क्यानेडियन एक डलरको  खरिददर ८१ दशमलव ४३ रुपैयाँ र बिक्रीदर ८१ दशमलव ८८ रुपैयाँ रहेको छ ।  एक कतारी रियालको खरिददर २९ दशमलव ७९ रुपैयाँ र बिक्रीदर २९ दशमलव ९६ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७ दशमलव ०१ रुपैयाँ र बिक्रीदर २७ दशमलव १६ रुपैयाँ रहेको छ ।

मुद्राको विनिमयदर