अर्थ कर्पोरेट मुख्य समाचार समाज प्रदेश ३

‘टम्बो’ मोबाइल ब्राण्ड नेपालमा भित्रँदै 

‘टम्बो’ मोबाइल ब्राण्ड नेपालमा भित्रँदै 

काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड प्रवेश गर्ने तयारीमा रहेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो नेपाली बजारमा आउन लागेको हो । टम्बोले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, जून अब नेपाली बजारमा पनि उपलब्ध हुन लागेको हो ।


नेपाली बजारमा टम्बो मोबाइल ब्राण्ड एपेक्स ग्रुपले ल्याउन लागेको हो । सो ग्रुपले छुटै कम्पनी शंकराचार्य मोबाइल प्रालिबाट टम्बो ब्राण्डका मोबाइलहरु आयात तथा बिक्री गर्ने छ। कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा उतार्ने छ।

 

सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि उपलब्ध हुनेछ, यसको अर्थ फोन किनेको २०० दिनभित्र कुनै समस्या आएमा कम्पनीले फेरिदिनेछ । ‘कम्पनीले असार महिनामै टम्बो मोबाइल नेपाली बजारमा उपलब्ध गराउनेछ, यो ब्राण्ड नेपाली बजार अध्ययन गरेर ल्याउन लागिएको स्रोतले बताएको छ । 

 

कम्पनीले नेपालको फीचर फोन बजारलाई ध्यान दिएर फोन ल्याउनेछ भने बजेट सेगमेन्टका स्मार्टफोनहरु समेत उपलब्ध गराउनेछ । फोन किनेको ३६५ दिनभित्र डिस्प्ले बिग्रेमा नयाँ डिस्प्ले निशुल्क उपलब्ध गराउनेछ ।

 

कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउन लागेको हो । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ, जून सस्तो मुल्यमा आउने बताईएको छ । हाल यी फोनहरुको स्याम्पल सेट कम्पनीले परिक्षणको लागि ल्याएको छ ।

 

टम्बो ब्राण्डका यी फोनहरुको सबैभन्दा मुख्य विशेषता भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि उपलब्ध हुनेछ, यसको अर्थ फोन किनेको २०० दिनभित्र कुनै समस्या आएमा कम्पनीले फेरिदिनेछ ।

 

त्यस्तै टम्बोका सबै फोनहरुमा ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट सुविधा कम्पनीले दिनेछ, जसमा फोन किनेको ३६५ दिनभित्र डिस्प्ले बिग्रेमा नयाँ डिस्प्ले निशुल्क उपलब्ध गराउनेछ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ भने स्मार्टफोनहरु नेपालीहरुका लागि सूपथ मूल्यमा आउने  छ ।

 

टम्बोका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् ।

 

टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चीनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो ।

मोबाइल ‘टम्बो’