समाचार राजनीति प्रदेश ३

कम्युनिस्टहरूले कस्तो वर्ग विहीन समाज बनाउँछन् मलाई हेर्न मन छः पौडेल

कम्युनिस्टहरूले कस्तो वर्ग विहीन समाज बनाउँछन् मलाई हेर्न मन छः पौडेल

हटाैँडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरूले वर्गविहीन समाजकाे नाममा पक्षपात पूर्ण समाज बनाउन थालेको आरोप लगाएका छन्। नेपाली कांग्रेसकाे जिल्ला सभापतिहरूको उद्घाटन सभामा उनले कम्युनिस्टहरूकाे कडा अालाेचना गरेका हुन् ।

 

'वर्गविहीन समाज बनाउने भन्दैछन्। कस्तो वर्ग विहीन समाज बनाउँछन् मलाई हेर्न मन छ,’ पौडेलले अगाडि भने, ‘कम्युनष्टि सरकारले वर्गविहीन होइन पक्षपात पूर्ण समाज बनाउँदैछन्। राज्यका निकायलाई कमजोर बनाउने काम बनाउने काम भएको छ।’


पौडेलले कांग्रेस सुधारका लागि हात मिलाएर नहुने मन नै मिल्नुपर्ने बताए। ‘कांग्रेसको सुधारका लाग हात मिलाएर हुँदैन । मन नै मिलाउनु पर्छ । परिस्थिति तपाईंहरु सबैलाई थाहा छ । कांग्रेस सुधारको उपाय खोज्नुहोस्,’ जिल्ला सभापतिहरुलाई पौडेलले भने ।
 

रामचन्द्र पौडेल नेपाली काँग्रेस कम्युनिस्ट