समाचार व्यापार अर्थ कर्पोरेट

लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ

लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ

काठमाडौ । ग्लोबल फरच्यून ५ सय र महारत्न कम्पनी, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले आइतबार उनीहरूको प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ गरेको छ । 

 

आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि. राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रा. लिका कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले संयुक्त रुपमा यसको शुभारम्भ गरेका हुन् ।

 

 सिप्रदी ट्रेडिङ्ग प्रा. लि. म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । कार्यक्रममा विपिसिएल तथा सिप्रदीका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो । नयाँ भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले आकर्षक र नयाँ डिजाईनमा पूर्णरूपमा नयाँ रेन्जको प्याकेजिङको सुरूवात गरेको छ । 

 

नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ । 

नयाँ प्याकमा  बिशेषताहरु 
ट्याम्पर ईभिडेन्ट क्याप – ग्राहकहरूको विश्वास जित्न र भरपर्दो प्रोडक्ट डेलिभरीको लागि 
दुईवटा ह्याण्डल ग्रिप – सजिलै बोक्नको लागि टप ह्याण्डल र खन्याउन सजिलोको लागि साईड बटम ह्याण्डल 
ह्याण्डलको ग्रिपमा य“निक टेक्चर – नवीन प्रविधिबाट प्याक डिजाईन भएको प्रकटीकरण 
गतिलो ग्रिपिङको लागि अगाडि पट्टि घुमाईएको प्रोफाईल – खन्याउने बेलामा सहज र सुरक्षित ग्रिपिङ स’निश्चित गर्न 
कम आवाज आउने गरी बनाईएको नेक – खन्याउदा एकनाश र राम्रो सँग फ्लो ह’ने र आवाज पनि कम आउने गरी बनाईएको नेक ।
विश्वमै राम्रो डिजाईन एजेन्सीको रूपमा रहेको टाटा इल्क्सीले डिजाईन गरेको यो नयाँ प्याक धेरै पटकको टेष्ट पछि शुभारम्भ गरिएको हो । नयाँ

प्याकहरूलाई  चार वटा कलरहरूमा वर्गीकृत गरिएको  छ  । 
१    रातो – पेट्रोल ईन्जिन सेग्मेन्टको लागि
२    गोल्ड – प्रिमियम सेग्मेन्टको लागि (पेट्रोल÷डिजेल)
३    नीलो ग्रे – डिजेलको लागि, गियर आयलको लागि, संरक्षित÷विशेष सेग्मेन्टको लागि
४    ग्रिन – कृषि सामग्री तथा पर्यावरण अनुकुल सेग्मेन्टको लागि


ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको कम्पनीले बताएको छ  । जसले प्रोडक्ट र यसका विशेषताह?लाई पनि उजागर गर्ने गरी बनाईएको नयाँ प्याक यसको प्रस्तुति र ओभरअल लुकमा अद्वितीय रहेको छ । 

 

यो प्याकको कलर, फिनीसिङ र लुक विशिष्ट तथा भिन्नै दर्साउँछ । भी. आनन्द, कार्यकारी निर्देशक (ल्यूब), विपिसिएलले नयाँ प्याकले विपिसिएलको नयाँ परिवर्तन वा नवीनताको मान्यता, ध्यान र विश्वसनीयतालाई दर्शाउँने बताए ।  म्याक लुब्रिकेन्ट्स हाल नेपाली बजारमा नं. १ ब्राण्डको रूपमा मार्केट लिडरको रूपमा रहेको उनीहरुको दाबी छ । 
 

लुब्रिकेन्ट्स शुभारम्भ