खेल

विश्वकप फुटबलः खेलकाे चाैथाे मिनेटमै राेनाल्डाेकाे गाेल

विश्वकप फुटबलः खेलकाे चाैथाे मिनेटमै राेनाल्डाेकाे गाेल

काठमाडौं । खेलको सुरूवातमै स्पेनले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलार्इ डिबक्स एरियामा लडाएपछि पेनाल्टीबाट अग्रता दिलाएका छन् ।

 

खेलको चौथो मिनेटमै पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगलले १–० को अग्रता लिन सफल भएको छ ।  

 

फुटबलको महासंग्राम २०१८ को फिफा विश्वकपअन्तर्गत दोस्रो दिनको प्रतियोगितामा समूह ’बी’बाट हुने स्पेन र पोर्चुगलबीचको खेललाई समूह चरणकै रोमाञ्चक मानिएको छ । दुवै टिमको लक्ष्य उपाधि भएकाले खेललाई महत्वका साथ लिइएको छ ।

 

स्पेन–पोर्चुगलबीचको खेलअघि इजिप्टलार्इ उरुग्वेले तथा मोरोक्कोलार्इ इरानले एक–एक गोलले पराजित गरेको छ । स्पेन र पोर्चुगल एक अर्काको बलियो प्रतिद्वन्दि भए पनि ठूलो प्रतियोगितामा भने दोस्रो पटक मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । 

 

यसअघि सन् २०१० को विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा भएको थियो । जसमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको थियो । दुई टिमबीच अहिलेसम्म ३५ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये स्पेनले १६ खेलमा जित हात पारेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ ।