कर्पोरेट

आफूले गर्दा ‘लिला’, अरुले गर्दा क्यारेक्टर ‘ढिला’ !

आफूले गर्दा ‘लिला’, अरुले गर्दा क्यारेक्टर ‘ढिला’ !

काठमाडौं । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद तथा अखिलकी अध्यक्ष नविना लामा चर्चामा छिन् । चर्चा उनको कुनै सुन्दर कामले होइन, विरोधाभाष अभिव्यक्तिले हो । 

 

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो, गर्दा सरकारलाई तथानम गर्दै आन्दोलन गर्नेमा यिनै नेतृ थिइन् । सामाजिक सञ्जाल फेसबुकमा उनको स्टाटस यतिबेला भाइरल भइरहेको छ । त्यसमा उनले लेखेकी छन्, ‘ नालायक, असक्षम देउवा सरकार राजीनामा दे । जनजीवीकाकोपक्षमा लड्दै आएको संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिका विरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको ज्यादति निन्दनीय छ । कमिसन खाने उद्देश्यले हप्तै पिच्छे गर्ने मुल्यवृद्धिले आम जनतामा पर्ने असरलाई अनेरास्ववियु टुलुट हेरेर बस्न सक्दैन ।’ 

 

अहिले मुलुकमा नेकपाको सरकार छ । यो सरकार गठन भएयता पनि पाँच पटक पेट्रोलियमको मूल्यवृद्धि भइसकेको छ । पेट्रोल त लिटरकै ११३ पुगेको छ भने बजारका अरु वस्तुमा पनि प्रभाव पार्ने डिजेल लिटरकै ९५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि बढ्ने र उता घट्दा नेपालमा घट्ने नेपाल आयल निगमले जवाफ दिने गरेको छ । तर यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकोछ । 

 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनेबित्तिकै क्रान्तिकारी छवि प्रमाणित गर्न विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिन्छन् । यतिबेला पनि त्यस्तै भएको छ । अहिले प्रतिपक्षी नेपाली कांग्रेसको नर्सरी संगठन नेविसंघलगायत केही संगठन आन्दोलनमा छन् । नेकपाका विद्यार्थी संगठन आन्दोलनमा छैनन् । अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले त विभिन्न अन्तर्वार्तामा भनेकी छन्, ‘हामी  देउवा सरकारका पालामा पनि आन्दोलनमा थिएनौं, (तस्वीरमा हेर्नुहोस्, उनको त्यो बेलाको भनाइ)  अहिले पनि छैनौं । हाम्रो देशमा उत्पादन नहुने वस्तुको मूल्य बढ्छ । यो हाम्रो हातको कुरा होइन ।’

नेतृ लामालाई आफ्नै विगतले अहिले गिज्याइरहेको जस्तो भएको छ । हिन्दीमा एक वाक्य छ, ‘हम करे तो लिला, और करे तो क्यारेक्टर ढिला ?’ जस्तै भएको छ नवीना लामाको विरोधाभाष शैली ।  
 

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्