विदेश प्रोफाइल

उमेर १६ अपराध १७, जसलार्इ अदालतले २४१ वर्षकाे सजाय दियाे

उमेर १६ अपराध १७, जसलार्इ अदालतले २४१ वर्षकाे सजाय दियाे

बबी बोस्टिक हरेक दिन बिहान पौने ४ बजे ब्युँझिन्छन् । उठेर मुख धुन्छन्, दाँत माझ्छन र साढे ५ तिर नास्ता गर्न जान्छन् । फर्केर आएपछि उनी टीभी हेर्छन्, प्रायः सीएनएन । त्यसपछि प्रार्थना गर्छन् र पढ्न सुरु गर्छन् ।

 

जेल निकै हिंसात्मक हुन्छ। २० वर्षअघि अवस्था झन् खराब थियो। अहिले पनि समस्या खोज्न टाढा जानु पर्दैन। त्यसैले बोस्टिक न्युयोर्क टाइम्स, सेन्ट लुइ पोस्ट डिस्प्याच, आन्टरप्रेनर म्यागेजिन, आदिमा मुन्टो निर्हुयाएर बसिरहन्छन्।

 

उनी आत्मकथात्मक कृति मन पराउँछन्। पुस्तकालयमा नभेटिए उनको परिवारले त्यस्ता पुस्तक मगाइदिन सक्छ। तर उनी जे पायो त्यही पढ्छन्। अन्तिम पटक उनले वाल्टर आइज्याकसनको ‘दि इन्नोभेटर्स’ नामक पुस्तक पढेका छन्।

 

बोस्टिक टिभी आवाजविहीन राख्छन, सबटाइटल चलिरहेको हुन्छ। यदि कुनै ब्रेकिङ समाचार भए उनी आवाज बढाउँछन्। त्यस्तो केही नभए पढिरहन्छन्।

 

खाना र बाहिर बस्ने समय ९साताको १२ घण्टा बिताएपछि उनी बेलुकीको १० बजे ओछ्यान पस्छन् । भोलिपल्ट ब्युँझेपछि उनी मुख धुन्छन्, दाँत माझ्छन र नास्ता गर्न जान्छन्

 

उमेर १६, अपराध १७
बोस्टिक त्यसबेला १६ वर्षका थिए, जतिबेला उनले १७ ओटा अपराध गरेका थिए । उनलाई अपराधैपिच्छे सजाय जोडेर दिइएको छ । अदालतले पुनर्विचार नगरे उनी कम्तीमा सन् २०९१ सम्म जेलमै हुनेछन्  ।

 

उनी अहिले ३९ वर्षका भए, सजायको अन्त्य हुँदा उनी १ सय १२ वर्षका हुनेछन् ।

 

बबी बोस्टिक सेन्ट लुई, मिजोरीका हुन्, जुन मध्यपश्चिमी अमेरिकामा पर्छ । उनी चार सन्तानमध्ये एक थिए । उनका दाजु र दिदीचाहिँ अर्कै बुबाका सन्तान थिए । उनी हुर्किरहँदा परिवारको साथमा बुबा थिएनन् ।

 

‘हामीकहाँ देखासिकी गर्न लायक पुरुषहरु थिएनन्,’ जेफरसन सिटीको जेलमा उनले भने, ‘गल्लीगल्ली घुमिरहन मलाई पूरा छुट थियो ।’

 

बोस्टिकको परिवार गरिब थियो । उनी कुनै खेलमा सहभागी हुन पाएनन्, किनभने उनी युनिफर्म किन्न सक्दैनथे ।

 

१० वर्षकै उमेरमा उनले चुरोट तान्न र रक्सी पिउन थाले । १२ वर्ष हुँदा गाँजा खान थाले । १३ वर्षको उमेरमा पीसीपी नामक अर्काे अवैध लागूऔषध प्रयोग गर्न थाले । त्यही बेला उनी कार चोर्थे वा चोरिएका कार चढ्थे ।

 

‘यो हैसियत प्रदर्शनको कुरा थियो,’ उनी भन्छन्, ‘हाम्रा लागि सम्पत्ति भनेकै त्यही कार थियो, जुन हाम्रो थिएन ।’ 
१९९५ डिसेम्बर महिनाको मंगलबारको दिन उनको जीवन सदाका लागि बदलियो ।

 

१६ बर्से बोस्टिक सहरको अर्को भागमा अवस्थित एक साथीको पनि साथीको घरमा थिए, उनीहरु गाँजा तान्दै जिन पिउँदै थिए । त्यसपछि उनीहरुकी एक केटी साथी बाहिर गइन् ।

 

उनी गाँजाका भागी थिए । गाँजा तानिरहँदा उनीहरुले पीतितहरुलाई देखे । ती खाँचोमा रहेका परिवारलाई उपहार बाँडिरहेका थिए । तर उनले ती क्रिसमस र पुराना सामान हामीले देख्याैं, जसप्रति हामी लाभियाैं ।

 

‘गाँजा तानिरहँदा हामीले पीडितहरुलाई देख्यौँ,’ बोस्टिक भन्छन्, ‘हामीलाई थाहा भइहाल्यो, तिनीहरु वरिपरिका होइनन्। तिनको ट्रकमा टन्नै सामान थियो।’

 

ती पीडितहरु खाँचोमा रहेका परिवारलाई उपहार बाँडिरहेका थिए। उनीहरुसँग दुईटा कार र एउटा ट्रकभरी सरसामान थियो। उपहारका रुपमा क्रिसमस ट्री र पुराना सामान थियो ।

 

तर, अहिले उनी आफूले त्यसो गर्दा कुनै कुरा थाहा नभएको बताउँछन् ।  बारम्बार बोस्टिक र हट्सनले यस्ता अपराध गर्दै गए, जसले उनीहरुको आपराधिक शृंखला बढायो । उनीहरु पैसाका लागि जे पनि गर्न तयार हुँदै गए ।

 

जसको फलस्वरुप उनीहरुको जीवन नर्क झैं बन्यो । उनी निष्फिक्री भन्छन्, ‘हामीले त्यसो गर्न हुँदैन्थ्यो, त्यसमा हामीलाई पछुतो छ । बारम्बारको उनीहरुको अपराधले महिला पुरुष केही भनेन, जो भेट्यो त्यसैलाई सिकार बनाउँदै गए । 

 

२४१ वर्षको जेल सजाय
‘बोस्टिन भन्छन्, ‘पक्राउ नपरुञ्जेल मलाई यसको गम्भीरता नै महसुस भएन, मलाई थाहा थिएन । पछि पछुतो हुन थाल्यो,’ उनी भन्छन् ।


पक्राउ परेको चार महिनापछि बोस्टिकसामु एक प्रस्ताव राखियो । दोष स्वीकार गरेर ३० वर्ष अर्थात् जन्मकैदको सजाय स्वीकार गर्ने । तर, बोस्टिकले अस्वीकार गरे ।

 

आठ महिनापछि उनीसामु ‘अदालतको दया’ नामक अर्को प्रस्ताव ल्याइयो, दोष स्वीकार गरेर न्यायाधीशले जे आदेश दिन्छ, त्यसलाई मान्ने । यो प्रस्ताव पनि उनले अस्वीकार गरे । आखिर किन त्यसो गरे बोस्टिकले ?


उनी भन्छन्, ‘मलाई त्यस्तै सल्लाह दिइएको थियो,  मेरो झड्केला बुबा, उनी पनि जेलमा थिए । मैले उनलाई पत्र लेखेँ र उनले जस्तोसुकै भए पनि दोष स्वीकार नगर्न सुझाव दिए किनभने पछि के हुन्छ के थाहा, मलाई थाहा थियो, म दोषी छु ।

 

तर जुरीमा मलाई मौका मिल्ने विश्वास थियो । १७ वर्षको उमेरमा म स्पष्टसँग सोच्न सकिरहेको थिइनँ ।’ उनी बोस्टिक सुनुवाइमा गए र १७ आरोपमा दोषी ठहरिए ।

 

जसमध्ये ८ आरोप सशस्त्र अपराधअन्तर्गत थिए भने तीन ओटा लुटपाटअन्तर्गत। उनीमाथि सजाय तोकिनुअघि उनका वकिलले उनलाई न्यायाधीशलाई पत्र लेख्न लगाए । त्यसैले उनले चारपटक पत्र लेखे । हरेक पत्रले उनको अवस्था अझ खराब बनाउँदै लग्यो ।

 

अदालतमा बोस्किटलाई भनिन्, ‘तिमी बुद्धिमानी र जान्ने छौ मलाई यी पत्र लेख्यौ । तर, तिमी यो अदालतसामु उभिने सबैभन्दा ठूलो महामूर्ख हौ । तिमीले कुनै पछुतो देखाएका छैनौँ ।’

 

बोस्टिकको सजाय समानान्तर रुपमा होइन, लगातार जोडेर दिने आदेश न्यायाधीशले दिइन् । जम्मा सजाय २४१ वर्ष हुनपुग्यो ।

 

‘तिमीले आफ्नो बाटो रोज्यौ र तिमी आफ्नो रोजाइसहित मर्नेछौ,’ न्यायाधीश बेकरले भनिन्, ‘किनभने बबी बोस्टिक, तिमी डिपार्टमेन्ट अफ करेक्सनमै मर्नेछौ ।’

 

बोस्टिकका साथी डोनाल्ड हट्सनले अदालतको दया स्वीकार गरे । त्यसैले न्यायाधीश बेकरले उनलाई ३० वर्षको सजाय दिइन् ।

 

‘मलाई २४१ वर्षको सजाय दिइएकै क्षण वास्तविकता स्थापित भयो र उनले मलाई म जेलमै मर्ने कुरा पनि सुनाइन्,’ बोस्टिक भन्छन्, ‘जब यस्तो हुन्छ, संसार भताभुंग हुन पुग्छ र वास्तविकता सुरु हुन्छ ।’

 

बोस्टिकले माध्यमिक स्कुल मात्र पास गरेका थिए । उनलाई प्रभावित पार्ने पहिलो पुस्तक माल्कोम एक्सको आत्मकथा थियो । 
उनले पछि उच्च माध्यामिक विद्यालयबराबरको पढाइ सिध्याए र पुस्तक लेख्न थाले । चार ओटा ननफिक्सन र आठ ओटा कविताकृति। उनको एउटा कविताको शीर्षक छ, ‘द टेरिबल बुलेट ।’

 

उनले विभिन्न पाठ्यक्रम पनि पढे । व्यापार, अर्धकानुनमा स्नातक र अरु थुप्रै । त्यसमध्ये एक थियो–‘पीडितको वकालतबारे कक्षा’ । 

 

बोस्टिक शिक्षामा विश्वास गर्छन्, उनी किशोरकिशोरीलाई सहयोग गर्ने र कुनै दिन आफूले चोरी गरेकै सडकमा च्यारिटी स्थापना गर्ने सपना देख्छन्, तर त्यसका लागि पहिले उनी जेलमुक्त हुन आवश्यक छ ।

 

सजाय दिने न्यायाधीशलाई नै पछुतो
तर बोस्टिकको मुद्दालाई सर्वोच्च अदालतले नै हेर्नुपर्ने आवाज पनि उठ्दै आएको छ । थुप्रै उनको समर्थनमा छन् ।

 

बेकर २५ वर्ष न्यायाधीश रहेपछि १० वर्षअघि सेवानिवृत्त भइन् । उनले दिएकामध्ये बोस्टिकको २४१ वर्षको सजाय नै सबैभन्दा लामो थियो । ‘मैले दिएको आदेशमध्ये समयको परिणाममा पछुतो भनेको यही मुद्दामा मात्र छ,’ उनी भन्छिन्, ‘यो परिणामको सजाय हास्यास्पद छ ।’

 

‘मैले बबीलाई वयष्क व्यक्तिकै तराजुमा राखेँ,’ उनी भन्छिन्, ‘जब म यसलाई पछि फर्केर हेर्छु, मैले भन्नैपर्ने हुन्छ, औसत १६ वर्षका व्यक्ति अलिअलि मनोरोगी हुन्छन् ।’

 

‘मैले पढेअनुसार बबी १६ वर्षे पंक अब छैनन्, उनी जिम्मेवार वयष्क भइसकेका छन् र आफूले गरेको कामप्रति पछुतो मान्छन्,’ बेकर थप्छिन्

 

चिठी लेखेर पीडितहरुसँग माफी माग्न बोस्टिकलाई १० वर्षभन्दा लामो समय लाग्यो । तर पीडितबाट उनले कुनै उत्तर पाएनन् त्यसपछि उनले सञ्चारमाध्यमबाट माफी मागे । उनी सहानुभूति माग्दैनन्, बरु दोस्रो मौकाको खोजीमा छन् ।

 

‘उनीहरु आफ्नो दृष्टिकोण राख्न पाउँछन्,’ बोस्टिक भन्छन्, ‘म यहीँ मर्नुपर्छ भन्ने उनीहरुलाई लाग्छ भने उनीहरु त्यसो भन्न पाउँछन्।’

 

अप्रिलमा अमेरिकी सर्वोच्च अदालतले बोस्टिकको मुद्दामा बोल्ने अपेक्षा गरिएको छ । बोस्टिक उही १६ वर्षे किशोर होइन त्यो अपराध गर्ने बच्चाले दोस्रो मौका पाउनुपर्छ किनभने ऊ त्यसबेला बच्चा थियो । तर यसको अर्थ उसले जे गर्यो, त्यो ठीक थियो भन्ने होइन । उनीप्रति सहानुभूति राख्ने वा नराख्नेहरुले यो सन्देश दिएका छन् । 

 

बोस्टिन् भन्छन्, ‘यदि कुनै बच्चा वा किशोर मेरो कुरा सुनिरहेको छ भने मलाई उदाहरणको रुपमा लिन अनुरोध गर्छु । जीवनमा के हुनसक्छ भन्ने कुराको उदाहरणका रुपमा मलाई लिनुहोला र मैले गरेको गल्तीबाट पाठ सिकनुहोला ।’

बाेस्टिक १७ वर्ष जेल

विशेष

ADVERTISEMENT