समाचार समाज

छाडा गाईबाच्छाप्रति पशुअधिकारकर्मीको चिन्ता, व्यवस्थापन र उपचार गर्नेलार्इ पुरस्कृत

छाडा गाईबाच्छाप्रति पशुअधिकारकर्मीको चिन्ता, व्यवस्थापन र उपचार गर्नेलार्इ पुरस्कृत

काठमाडौं । पशुअधिकारकर्मीले गाईबाच्छा तथा कुकुरलाई जढाभावी सडकमा छाडा छोडिएको प्रति चिन्ता व्यक्त गरेका छन् । राजधानीमा मंगलबार गाईका बाच्छाबाच्छी बचाउ सम्बन्धी चेतना अभिवृद्ध कार्यक्रममा बोल्दै वक्ताहरुले काठमार्डौमा गाईको बाच्छी पाल्ने तर बाच्छालाई वेवारिसे अवस्थामा छोडिने गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

 

उक्त कार्यक्रमकी वक्ता नीभा एम प्रधानले कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई गाई तथा कुकुर ग्रहण गर्न आग्रह गरेकी थिइन । ८ हजारभन्दा बढी गाईका बाच्छाबाच्छी वेवारिसे छोडिने गरेको र २५ हजारभन्दा बढी भुस्याहा कुकुर काठमाडौंको सडकमा रहेको तथ्याङ्क छ । वेवारिसे छोडिएका कतिपय गाईका बाच्छा तथा बाच्छी र कुकुर सवारी दुर्घटनामा मर्ने गरेका छन् ।

 

गाईबाच्छा बचाउ अभियान अन्तर्गत सडकमा अलपत्र परेका एक सय ६१ गाईका बाच्छाबाच्छीलाई बासस्थानमा स्थानान्तरण गरिएको छ । काठमाडौं उपत्यकामा अहिले तीन वटा ठाउँमा छाडा गाईका बाच्छा–बाच्छी उद्धार एवम् संरक्षण गर्नका लागि गौशाला निर्माण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । 

 

सो कार्यक्रममा सडकमा वेवारिसे रुपमा छोडिएका छाडा गाईका बाच्छा बाच्छी र कुकुरको उद्धार तथा उपचार गर्ने र पशु अधिकारकर्मीलाई तथा संस्थालाई पुरस्कृत गरिएको छ । साथै अलपत्र गाईबाच्छाको व्यवस्थापन गर्दै आएको मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानलाई अग्नि इनक्रपोरेटले एउटा भ्यान हस्तान्त्रण गरेको छ । गाईबाच्छा ओसारपसारमा सहजताका लागि अभियानका अध्यक्ष आर बि न्यौपानेलाई अग्निले भ्यान हस्तान्त्रण गरेको थियो ।

 

सो कार्यक्रममा आर्टअफ लिभिङ फाण्डेशन, महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नी इनक्रपोरेट, दिया फाण्डेशन, काठमाडौं इन्जिनियरिङ कलेजलगायतको सहभागिता थियो ।

व्यवस्थापन उपचार छाडा गाईबाच्छा