अन्तरवार्ता भिडियो कुरा: खस्रा मिठा कभर स्टोरी

राक्षस सरोवरबाट निस्किन्छ कर्णाली, त्यहाँ नुहाएर देवालय गइँदैन (भिडियोसहित)

राक्षस सरोवरबाट निस्किन्छ कर्णाली, त्यहाँ नुहाएर देवालय गइँदैन (भिडियोसहित)

काठमाडौं । जल मामिलाका जानकार अरुणकुमार सुवेदीको पछिल्लो पुस्तक ‘स्वप्नयात्रा’ सार्वजनिक भइसकेको छ । नेपाल समृद्ध भएको कल्पना गरेर लेखिएको पुस्तकमा लेखकको कल्पनाशीलताको प्रचुरता पाइन्छ । आर्थिक समृद्धि, एक नेपालीले देख्न सक्ने सपनामा पुस्तक केन्द्रीत छ भन्दा फरक पर्दैन । सपना तिनकै पूरा हुन्छन्, जसले सपना देख्न थालेका हुन्छन् भन्ने गरिन्छ । 

 

पुस्तकबारे लेखक भन्छन्, ‘अर्थतन्त्र र साहित्यलाई संयोजन गरेर लेखिएको पुस्तक हो यो । अर्थशास्त्रकै ज्ञाताहरुलाई ल्याएर पुस्तक विमोचन गरेको छ । साहित्यमा फरक स्वाद खोज्नेहरुले स्वप्नयात्रामा पाउने छन् ।’ 

 

जुन बेला पृथ्वीका मानिसहरु उड्ने विमान बनाउन सकिँदैन भन्ने सोच राख्थे त्यसको विपरीत जहाज बनाउन कोसिस गर्नेहरु पनि थिए । सुवेदी भन्छन्, ‘विमान उडाउने कुरा कुनै बेला काल्पनिक मानिन्थ्यो । तर विमान त उड्यो ।’

 

सुवेदीले केही वर्ष अगाडि काठमाडौंमा रेल चल्ने विषयवस्तु आफ्नो पुस्तकमा लेखेका थिए । त्यो बेला उनलाई धेरैले हावादारीको संज्ञा दिए । उनी भन्छन्, ‘अहिले त रेल चल्न सक्छ भन्ने मान्यता स्थापित नै भयो ।’ 


नेपालका हरेक जिल्ला कुनै न कुनै सम्भावनाले युक्त भएका छन् । एक जिल्लाको सम्भावना अर्कोसँग नमिल्न सक्छ । जिल्ला जिल्लाको अध्ययन गरेर उत्पादनमा जोड दिन सके आर्थिक विकास र उत्पादित वस्तुको बजार सुनिश्चित गर्न सकिने सुवेदी बताउँछन् । नेपालआजमा सुवेदीको नियमित भिडियो स्तम्भ ‘कुरा खस्रा मीठा’मा कुरा गर्दै उनी भन्छन्, ‘आजसम्म औपचारिक खेती नगरिएका श्वेतमुष्ठि, कुट्की जस्ता जडिबुटीको खेती, कस्तुरीको व्यवसायिक पालन, जलविद्युत विकास, सांस्कृतिक धरोहरको प्रचार गरेर सजिलै विकास गर्न सकिन्छ ।’ 

 

सुवेदीको स्वप्नयात्रामा विक्रम सम्वत २१०० सालमा नेपाल समृद्ध होला भन्ने कल्पना गरिएको छ । जसमा कर्णाली–चिसापानी जलविद्युत आयोजना निर्माण भइसकेको कल्पना छ । जहाँ जलविद्युत त छ नै, पर्यटनको पनि केन्द्र रहने पुस्तकमा छ । 

 

नेपालमा कर्णाली नदी राक्षस सरोबरबाट आउने भएकोले अपवित्र मानिन्छ । कर्णाली नदीमा स्नान गरेर मठमन्दिरमा पूजा गरिँदैन । कर्णाली नदीको आसपासमा कतै देवालयहरु पनि छैनन् । तर यो कर्णालीका बारेमा हालको मान्यता विक्रम सम्वत २१०० सम्ममा परिवर्तन भइसक्ने छ । लेखक भन्छन्, ‘गंगाको पवित्रता शिवको जटाबाट आएकी हुन् । कैलाशगिरीको छोरी हुन् ।  तर गंगा गौमुखबाट सुरु हुन्छिन् । कैलाश हिमालकै पानी त गंगा होइनन् । तर कैलाशकै पानी भनेको मानसरोबर वा राक्षस सरोबरमा आउने हो । कैलाशकै पानी कि कर्णाली भएर वा ब्रम्हपुत्र भएर बग्छ । यसकारण गंगालाई कैलाशको पानी उपलब्ध गराउने एक मात्रै नदी कर्णाली हो ।’

 

यो तथ्यले त्यसबेलासम्म प्रचार पाइसक्छ । कर्णाली नदी पनि अपवित्र मानिने छैन । किनभने, ‘नदीको पवित्रता मूलमा हुँदेन, पानीमा हुन्छ । मूल कै कुरा गर्ने हो भने कृष्णका मामा राक्षस थिए । राम कल्मषपाद राक्षसका वंशज थिए । कृष्णका यदु पनि खराब थिए । फूपूका छोरा पनि राक्षस थिए । यसकारण  मूल भन्दा हाल जे छ त्यही पवित्र हुन्छ ।’

 

 नेपालको विकासका लागि नेपाल भारत र चीनको त्रिदेशीय लगानीका आधारमा ठूला आयोजनाहरु निर्माण हुनुपर्छ भन्ने सुवेदीको मत पनि हो । यस्ता विषय पनि पुस्तकमा छन् । कर्णालीको मात्रै होइन, पुस्तकमा कोशी उच्च बाँधदेखि ठूला जलविद्युत आयोजना, पानी जहाज, केबलकार, रेल आदिबारे चर्चा छ । 

अरुणकुमार सुवेदी कुरा: खस्रा मिठा
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।