समाचार अपराध सुरक्षा प्रदेश ३

सस्ताेमा सुन किन्न खाेज्दा गुम्याे २८ लाख

सस्ताेमा सुन किन्न खाेज्दा गुम्याे २८ लाख

काठमाडाैं । सस्तोमा सुन किनेर धनी बन्न खोज्दा एक व्यक्तिले २८ लाख रुपैयाँ गुमाएका छन्। करिब ५० लाख रुपैयाँ पर्ने सुन २८ लाख रुपैयाँमा किनेर धेरै नाफा कमाउ खोज्दा बनेपामा राजेन्द्र थापा ठगिएका हुन्। 

 

सक्कली भन्दै एक समूहले उनलाई २८ लाख ६० हजार रुपैयाँमा नक्कली सुन बेचेका हुन्। ठगीमा संलग्न अजय तामाङ र बिष्णु मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ। 


घटना गत पुस २३ गतेको हो। सेतो गुम्बा जाने बाटोमा सुन किन्न बोलाएर सुन जस्तै पदार्थ दिएर ठगी गरेका हुन्। 

 

घटनाको ४ महिनापछि प्रहरीले २ अभियुक्तलाई पक्राउ गरेको हो। आफुहरुले भेटेको सुन सस्तोमा बेच्ने भन्दै प्रलोभनमा पारेर उनीहरुले ठगी गरेका हुन्।

सस्ताेमा सुन